सुनसरीबाट नक्कली नोटसहित दुई जना पक्राउ

  • साउन २१, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सुनसरीको कोशी गाउँपालिका–०८, भिमनगर नाकाबाट जाली नोटसहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा २०८२ साउन १९ गते राति ९:३० बजेतिर इलाका प्रहरी कार्यालय भाण्टाबारीबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको लु.९२ प.२३८० नम्बरको मोटरसाइकल जाँच गर्दा उनीहरूको साथबाट नक्कली नोट बरामद भएको हो।

पक्राउ परेका व्यक्तिहरूमा सप्तरीको हनुमान कंकालिनी नगरपालिका–०२ निवासी २६ वर्षीय राजेश कुमार रजक र सोही नगरपालिकाको वडा नं.–०१ निवासी २५ वर्षीय राजेश चमार रजक रहेका छन्।

पछाडि सवार राजेश चमार रजकको साथबाट नेपाली एक हजार दरका ३८ थान नक्कली नोट फेला परेको प्रहरीले जनाएको छ। जाली नोटको कुल रकम ३८ हजार रुपैयाँ बराबर रहेको छ।

प्रहरीले बरामद नोट र मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा पठाएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved