धरानको युएन नवोदय कलेजद्वारा फाइभ स्टार होटलमा अभिमुखीकरण

  • साउन २०, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरानस्थित युएन नवोदय कलेजले कक्षा–११ मा अध्ययनरत होटल म्यानेजमेन्टका विद्यार्थीहरुलाई झापाको धुलाबारीमा रहेको कोशी प्रदेश कै एक मात्र फाइभ स्टार होटल मेची क्राउन मा व्यावहारिक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।

विद्यार्थीहरुलाई होटल म्यानेजमेन्टको वास्तविक कार्य प्रणालीबारे अवगत गराउन आयोजना गरिएको उक्त कार्यक्रम मेची क्राउन होटलको सगरमाथा हलमा सम्पन्न भएको हो। सो अवसरमा क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापोले नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्दै मेहनत, अनुशासन र लगनशीलताको महत्त्वबारे जानकारी गराए।

“पाँचतारे होटलको वातावरण कस्तो हुन्छ, सिस्टम कसरी चल्छ भन्ने ज्ञान विद्यार्थीले प्रत्यक्ष रूपमा लिएपछि उनीहरूमा थप आत्मविश्वास देखिएको छ,” प्रमुख तुम्बापोले भने। उनका अनुसार यस्तो अवलोकनले विद्यार्थीहरूलाई करियरको गन्तव्य पहिचान गर्न थप सजिलो हुने विश्वास लिएको बताए।

कलेजका म्यानेजिङ डाइरेक्टर ज्ञानेश्वर झाले सफलता सजिलै हात नलाग्ने भन्दै कडा मिहिनेतको आवश्यकता औँल्याउँदै युएन नवोदयलाई ‘हस्पिटालिटी शिक्षाको पर्याय’ का रूपमा स्थापित गर्न आफूहरू प्रतिवद्ध रहेको उल्लेख गरे।

कार्यक्रममा होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगनमान श्रेष्ठले सैद्धान्तिक ज्ञान कक्षाभित्र सीमित नराखी विद्यार्थीलाई प्रत्यक्ष प्रायोगिक अभ्यासमा ल्याउनु कलेजको प्रमुख उद्देश्य भएको बताए। “कक्षामा पढाइएको कुरा फाइभ स्टार होटलमा प्रत्यक्ष अवलोकन गराउँदा विद्यार्थीहरुले अझ राम्रोसँग बुझेका छन्,” उनले भने। यस अभिमुखीकरण भ्रमणमा कक्षा–११ का १५९ जना विद्यार्थी सहभागी थिए।

युएन नवोदय कलेजले यसै वर्ष पनि एसईई पश्चात भर्ना खुलाएको छ र हालै सम्पन्न प्रवेश परीक्षामा स्टेट–१ सिङ्गिङ, डान्सिङ र स्पिकिङ आइडल विजेता, जिल्ला तथा स्कुल टपरलगायतका दर्जनौं प्रतिभाशाली विद्यार्थीको सहभागिता रहेको क्याम्पस प्रमुख तुम्बापोले जानकारी दिए।

प्रमुख तुम्बापोका अनुसार होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थीहरूले प्लस टु तहमै बीएचएम स्तरको किचन ल्याब प्रयोग गर्न पाउँछन् भने साइन्स पढ्ने विद्यार्थीका लागि अत्याधुनिक प्रयोगशाला उपलब्ध गराइएको छ।

उनले भने, “हामी विद्यार्थीको अध्ययनसँगै उनीहरूको रुचिअनुसार अतिरिक्त गतिविधिमा समेत जोड दिँदै आएका छौँ। हाम्रो लक्ष्य नै नयाँ कुरा सिक्ने र विश्व बजारमा बिक्ने दक्ष जनशक्ति उत्पादन गर्नु हो।”

११ वर्षअघि ‘शिक्षा नै परिवर्तनको मूल संवाहक’ भन्ने मूल मन्त्रसहित स्थापना भएको युएन नवोदय कलेज आज प्रदेश १ कै नमुना शैक्षिक संस्थाका रूपमा स्थापित भएको छ। क्याम्पस प्रमुख तुम्बापोका अनुसार कलेजका विद्यार्थीले नेपाल सेकेन्ड टपदेखि धरान टपरसम्मको उपलब्धि हासिल गर्दै उत्कृष्टता प्रमाणित गरिरहेका छन्।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved