सुनाखरीले चौथो मेजर श्रवणकुमार स्मृती बास्केटवलको उपाधी

  • साउन २०, २०८२
  • कोशीपत्र/संवाददाता
alt -बिकास चाम्लिङ राई

धरान/ बिद्यालय स्तरिय चौथो मेजर श्रवणकुमार मेमोरियल डिपो वास्केटवल रनिङ्ग कपको उपाधी सुनाखरी स्कुलले चुमेको छ ।

उपाधी सङ्गै सुनाखरी स्कुलले नगद बीस हजार रुपैय, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गेरेको छ् । सुनखारी स्कुलले सोमबार भएको फाइनल खेलमा प्याराडाइज स्कुललाइ ५९–४५ अंकको अन्तरले पराजित गर्दै उपाधी चुमेका हुन ।

खेलको पहिलो र दोस्रो क्वाटरमा सुनाखरी स्कुल १८–११ र १८–७ अंकले अग्रता बनाएका थिए । तेस्रो क्वाटर बराबरी १४–१४ अंक जोडेका थिए भने चौथो क्वाटरमा सुनाखरी १३–९ अंकले पछि परेका थिए । उपबिजेता प्याराडाइज स्कुल तरहराले नगद दस हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी मोस्ट भ्यालुएबल प्लेयरको उपाधी सुनाखरी स्कुलका प्रीन्स खत्री घोषित भए । उनले नगद एक हजार, ट्रफी, प्रमाणपत्र र सास्कृतीक अधिकार पुरस्कृत पुस्तक “गोरु चिन्तन“ एक थान प्रप्त गरे । नगद पुरस्कार र पुस्तक लेखक तथा अग्रज पत्रकार जनकऋषि राइले उपलब्ध गराएकाहुन । यसैगरी फाइनल खेलको म्यान अफ द म्याच सुनाखरि स्कुलका आदेश पोदार, राइजिङ प्लेयर आयोजक डिपो स्कुलका जोन लिम्बु, हाइ स्कोरर प्याराडाइज स्कुलका प्रीन्स खत्री घोषित भए ।

उनिहरुलाइ ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रीन्सले चार खेलमा ब्यक्तिगत ८९ अंक जोडेका थिए । बिजेता तथा उपबिजेता टिमलाइ कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेश सरकार भौतिक पुर्वाधार मन्त्री माननीय भुपेन्द्र राई, सभाध्य्क्ष डिपो स्कुल ब्यवस्थापन समिती अध्यक्ष क्याप्टेन अमरबहादुर लिम्बु, सुनसरी बास्केटबल संघ अध्यक्ष नारायण सुबेदी, प्रतियोगिता संयोजक खड्कशम्सेर लिम्बू, बिधालय ब्यवस्थापन समिती सदस्य सुर्यप्रकाश पन्धाक लिम्बुले पुरस्कार बितरण गरेका थिए ।

सुनसरी बास्केटवल संघ र धरान वास्केटवल संघको व्यवस्थापनमा संपन्न प्रतियोगिताको सम्पुर्ण खेल डिपो स्कुलको बास्केटवल कोर्टमा सम्पन्न भएको थियो । श्रावण १५ गते देखि सुरु भएको प्रतियोगितामा कोशी प्रदेश भरिका १८ वटा बिधालयले सहभागिता जनाएको थियो ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved