उद्योग वाणिज्य संघ सुनसरीका नवनिर्वाचित पदाधिकारीहरूलाई सानिमा जिआइसी इन्स्योरेन्सको बधाई तथा शुभकामना

  • साउन १६, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/  उद्योग वाणिज्य संघ सुनसरीका नवनिर्वाचित अध्यक्ष गोपाल श्रेष्ठसहित सम्पूर्ण पदाधिकारीहरूलाई सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेड परिवारको तर्फबाट बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ।

धरान–९ स्थित कलेज रोडमा अवस्थित सर्कल क्याफेमा आयोजित उक्त कार्यक्रममा सानिमा जिआइसी इन्स्योरेन्स धरान शाखाका प्रमुख प्रतिक श्रेष्ठले स्वागत मन्तव्य राख्दै नवनिर्वाचित पदाधिकारीहरूको कार्यकाल सफल रहोस् भन्ने शुभकामना व्यक्त गरे।

उनले सानिमाले विगत तीन वर्षदेखि व्यापार मेला ‘धरान एक्स्पो’ मा इन्स्योरेन्स पार्टनरको भूमिका निर्वाह गर्दै आएको र प्राकृतिक प्रकोपबाट हुन सक्ने क्षतिमा बीमाको माध्यमबाट राहत दिँदै आएको जानकारी गराए।

श्रेष्ठले व्यवसाय सञ्चालनका क्रममा आउने आकस्मिक जोखिम न्यूनीकरणका लागि बीमा अपरिहार्य रहेको उल्लेख गर्दै, आवश्यक परे बीमा सम्बन्धी परामर्श तथा तालिम सानिमाले निःशुल्क रूपमा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा बोल्दै संघका अध्यक्ष गोपाल श्रेष्ठले युवावर्गको विदेश पलायनका कारण आन्तरिक उद्योग र व्यापारले अपेक्षित गति लिन नसकेको उल्लेख गर्दै यस विषयमा राज्य गम्भीर हुनु पर्नेमा जोड दिनुभयो। साथै, संघले व्यवसायीहरूको हकहित र प्रवर्धनका लागि सधैं अग्रसर रहने प्रतिबद्धता व्यक्त गर्दै सानिमा जिआइसी इन्स्योरेन्सप्रति आभार प्रकट गर्नुभयो।

त्यसैगरी, सर्कल क्याफेका सञ्चालक सुजन श्रेष्ठको जिज्ञासामा प्रतिक्रिया दिँदै संघका नवनिर्वाचित सदस्य महेन्द्र प्रधानले व्यवसायीहरू स्वस्फूर्त रूपमा प्रचार–प्रसार र बजारीकरणमा सक्रिय हुनुपर्ने धारणा राख्नुभयो।

कार्यक्रममा धरान जेसीजका अध्यक्ष बिदुर थापा, रोटरी क्लब अफ धरान घोपाका अध्यक्ष (आव २०८१/८२) गौरवमान श्रेष्ठसहित विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

u uu

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved