प्लेन चढेर गएकाहरु बाकसमा एक हजार बढीको मृत्युवरण,७० जनाको शव अलपत्र

  • साउन १६, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सुन्दर सपना बोकेर धन कमाउन प्लेन चढेर विदेश गएकाहरु अन्ततः विदेशमा नै मृत्युबरण भएका छन् ।

वैदेशिक वैदेशिक रोजगार बोर्डले गत आर्थिक वर्षको उपलब्धी सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार भेटघाटमा रोजगारीका सिलसिलामा विभिन्न देशमा मृत्युवरण गरेका एक हजार १८० नेपालीको शव स्वदेशमा ल्याएर परिवारलाई हस्तान्तरण गरिएको छ । त्यसमध्ये विदेशमा अलपत्र भएका ७० शव छन् ।

बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले विदेशबाट शव ल्याउने सिलसिला अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा बढेको भन्दै उप्रेतीले शवलाई सम्बन्धित परिवारसम्म पुर्याउन थप शव वाहन (एम्बुलेन्स) को आवश्यकता रहेको औल्याउँदै त्यसका निम्ति बजेट विनियोजित गरिएको बताए । ’पुराना शव वाहनको सट्टा दुई नयाँ विद्युतीय शववाहन (एम्बुलेन्स) खरिद गर्ने योजना बनाएका छौं ’, उनले भने ।

विदेशबाट शव र बिरामी लास ल्याएको विवरण पेश गर्दा आफूहरु दुःखी भएको र आगामी आर्थिक वर्षमा उक्त तथ्यांकमा कमी आउने लक्ष राखिएको उनले बताए ।विदेशमा जेल परेका अधिकांश व्यक्तिमा लागुऔषध एवं मदिराको कुलत देखिएको उनले बताए ।

’त्यस्ता नेपाली आफैँ कानुनी प्रक्रियामा जान चाहदैनन्, त्यसैले विनियोजन भएर पनि बजेट खर्च हुन सकेको छैन’, उनले भने । वोर्डले पूर्वप्रस्थान अभिमुखीकरण तालिमको पाठ्यक्रमलाई समयसापेक्ष बनाउन ड्राफ्ट तयार गरेको र त्यसमा सुझावका निम्ति आग्रह गरे।गन्तव्य देशमध्ये साउदी अरबको कानुनी प्रक्रिया जटिल भएकाले शव ल्याउन ढिलाइ हुने उनले बताए ।

बोर्डले १२ सय ५० मृतकका परिवारलाई गत आर्थिक वर्षमा सहयोग रकम हस्तान्तरण गरेको डा. उप्रेतीले बताए । वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा अंगभंग तथा अस्वस्थ भएका ६९८ कामदारलाई आर्थिक सहयोग गरिएको उनले बताए । त्यस्तै, कामदारका २७५ परिवारलाई स्वास्थ्य उपचार सहयोग गरिएको उनले उल्लेख गरे । वोर्डले वैदेशिक रोजगारीमा रहेका नागरिकका ९९० जना सन्ततिलाई छात्रवृत्ति दिएको छ ।

वोर्डले संघीय र प्रदेश सांसदका लागि वैदेशिक रोजगारसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ । यससँगै वैदेशिक रोजगारीबाट फर्केर उद्यममा संलग्न भई सफलता हासिल गरेका नागरिकलाई लक्षित गर्दै ‘रिटर्नी उद्यमी आइडल’ कार्यक्रम आयोजना गरिने डा. उप्रेतीले बताए ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved