कोशीमा सवारी दुर्घटना डरलाग्दो ट्राफिक अवज्ञाबाट ४सय १८ को मृत्यु

  • साउन १५, २०८२
  • कोशीपत्र/संवाददाता
alt -फाइल तस्बिर

विराटनगर/ कोशी प्रदेशमा ट्राफिक नियमको अवज्ञा र लापरवाहीका कारण सोही अवधिमा ४१८ जनाले ज्यान गुमाएका छन्।

आर्थिक वर्ष २०८१/८२ मा ट्राफिक नियम उल्लंघन गर्ने २ लाखभन्दा बढी सवारीसाधनलाई कारबाहीमा परेका छन भने चार सय १८ जनाल ज्यान गुमाएका छन्।
कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार २ लाख १३ हजार ६९५ सवारीसाधन कारबाहीमा परेका छन्।

यसबाट १६ करोड २९ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको निमित्त ट्राफिक प्रहरी प्रमुख डीएसपी सन्तोष श्रेष्ठले जानकारी दिए।प्रदेशका १४ वटै जिल्लामा क्रियाशील ९६ ट्राफिक इकाइहरूले नियमित चेकजाँच, निगरानी तथा प्रविधिको प्रयोगमार्फत कारबाही अभियान सञ्चालन गरेका थिए।

प्रमुख उल्लंघनमध्ये हेलमेटको फिता नबाँध्ने, सिट बेल्ट नलगाउने, मापसे, मोबाइल चलाउँदै गाडी चलाउने, लाइसेन्स नभई सवारी सञ्चालन गर्ने, ट्राफिक संकेत उल्लंघनजस्ता कार्य प्रमुख छन्।सार्वजनिक यातायातले क्षमता भन्दा बढी यात्रु राख्ने, अनधिकृत पार्किङ गर्ने, तीव्र गति र ट्राफिक नियमको अवज्ञा गर्ने प्रवृत्तिले समस्यालाई थप जटिल बनाएको डीएसपी श्रेष्ठको भनाइ छ। प्रविधिको उपयोगमा पनि ट्राफिक प्रहरी सक्रिय रहेको बताइएको छ।

हालसम्म प्रदेशका ९३२ स्थानमा सीसी क्यामेरा जडान गरिएसँगै झापाको झिलझिले, विराटनगरको दुधफारम र खार्जीमा नम्बर प्लेट डिटेक्टर जडान गरिएका छन्। लामो दूरीका र भारतीय नम्बर प्लेट भएका गाडीहरूलाई ट्राफिक एपसहित निगरानी गर्न ६ स्थानमा विशेष चेकपोइन्ट स्थापना गरिएको छ।

सवारी गति नियमन गर्न २१ स्थानमा टाइम कार्ड इन्ट्री व्यवस्था गरिएको छ भने कारबाहीलाई पारदर्शी बनाउन टीभीआरएस र ई–चालान प्रणाली लागू गरिएको छ। तीव्र गतिको निगरानीका लागि राडरगन पनि प्रयोग गरिएको छ।

यति व्यापक प्रविधि प्रयोगका बाबजुद ट्राफिक नियम उल्लंघन र दुर्घटनामा कमी नआएको ट्राफिक प्रहरीको भनाइ छ। गत वर्ष ४१८ जनाको मृत्यु हुनुका साथै ७११ जना गम्भीर घाइते र ८ हजार ५३० जना सामान्य घाइते भएका छन्। अधिकांश दुर्घटनाको कारण चालकको लापरबाही रहेको बताइएको छ।

सवारी सुरक्षालाई प्राथमिकता दिँदै ट्राफिक प्रहरीले २६ हजार २९३ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ, जसबाट ६ लाख १६ हजारभन्दा बढी व्यक्ति लाभान्वित भएका छन्। तथापि, जानकारी हुँदाहुँदै लापरवाहीपूर्ण सवारी सञ्चालन निरन्तर भइरहेको ट्राफिकको टिप्पणी छ।

प्रहरी प्रमुख डीआईजी ईश्वर कार्कीले भने, “एक सेकेण्डको लापरबाहीले ज्यान जान सक्छ। नियम पालना आफ्नै सुरक्षाका लागि हो।” उनले सबै सडक प्रयोगकर्तालाई जिम्मेवार भएर नियम पालना गर्न आह्वान गरेका छन्।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved