धरान/ धरान उपमहानगरपालिका वडा नम्बर १ स्थित धरान आदर्श सेकेण्डरी बोर्डिङ स्कुल यो क्षेत्रको सबैभन्दा पुरानो निजी विद्यालयको रूपमा परिचित छ।
स्थापना कालदेखि नै गुणस्तरीय शिक्षामा केन्द्रित यस स्कुलले थुप्रै सफल विद्यार्थी उत्पादन गर्दै आएको छ।शैक्षिक अनुशासन, योग्य शिक्षक टोली, र आधुनिक पठनपाठन पद्धतिले धरान आदर्श बोर्डिङ स्कुललाई यहाँको शैक्षिक इतिहासमा एक महत्वपूर्ण स्थान दिलाएको छ।
विद्यालयले बालमैत्री वातावरण, अतिरिक्त क्रियाकलापहरू र सामाजिक उत्तरदायित्वप्रति समर्पित कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।विद्यालय प्रशासनका अनुसार, प्रत्येक वर्ष एसईई लगायतका परीक्षामा उल्लेखनीय नतिजा हासिल गर्दै विद्यार्थीहरुले स्कुलको नाम उज्यालो बनाउँदै आएका छन्।
विद्यार्थी तथा अभिभावकको विश्वास जित्न सफल यस विद्यालयले भविष्यमा झन् स्तरीय र प्रविधिमैत्री शिक्षामा केन्द्रित हुने लक्ष्य लिएको जनाएको छ।
धरानको शैक्षिक गौरवको प्रतीकका रूपमा चिनिने धरान आदर्श बोर्डिङ स्कुल आज पनि निरन्तर शिक्षाको उज्यालो ज्योति फैलाउने यात्रामा अघि बढिरहेको छ।
विद्यार्थीहरुलाई अध्ययन अलबा अतिरिक्त क्रियाक्लापमा पनि स्कुलले उक्तिकै प्राथमिकता दिएको छ ।
धरानको इतिहाँसमा पहिलो पटक रात्रीकालिन बास्केटबल प्रतियोगिता,फुटसल लगायत प्रथम एसइई भलिबल प्रतियोगिता लगायत थुप्रै खेलकुदका गतिविधीहरु गर्दै आएको छ ।
यसै सन्दर्भमा कोशी पत्रले धरान आदर्श सेकेण्डरी बोडिङ स्कुलका प्रिन्सिपल लोकेन्द्र श्रेष्ठसँग कुराकानी प्रस्तुत छ: