धरानको एम्स कलेज,किन विद्यार्थीको रोजाईमा छ ?(भिडियो सहित)

  • असार १४, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान उमहानगरपालिका वडा नम्बर १२ स्थित चतरालाईनमा रहेको एम्स केलज धरानमा चलेको र विद्यार्थी अभिभावकको लागि रोजाईमा पर्न सफल कलेज हो ।

अन्य कलेज भन्दा यो कलेज पृथक कलेज पनि हो । यस अर्थमा यस कलेजले कक्षा ११ र १२ का विद्यार्थीहरुको लागि मात्रै अध्ययन अध्यापन गराउँदै आएको छ ।

त्यस कारण पनि धरानमा अन्य कलेज भन्दा फरक कलेजको रुपमा एम्स कलेजलाई हेर्ने गरिएको छ । कोशी भरीकै विद्यार्थीहरूका लागि रोजाईको कलेज बन्दै गएको छ। गुणस्तरीय शिक्षा, अनुभवी शिक्षक समूह, सुविधासम्पन्न शैक्षिक पूर्वाधार, अनि व्यवहारिक शिक्षामा जोड दिएको कारणले गर्दा एम्स केलजले विद्यार्थी र अभिभावक दुबैको विश्वास जित्न सफल भएको हो।कलेजमा साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स लगायतका विषयहरूमा पढाइ गरिन्छ। शिक्षण विधि प्रयोगात्मक, अनुसन्धनमुखी र विद्यार्थीमैत्री शैलीमा आधारित रहेको छ।

यही कारणले विद्यार्थीको शैक्षिक नतिजा पनि सन्तोषजनक देखिएको छ।एम्स केलजमा स्मार्ट क्लासरुम, पुस्तकालय, विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याब, र ई–लर्निङ सुविधा उपलब्ध छन्।

साथै, विद्यार्थीको सर्वाङ्गिण विकासका लागि नियमित रूपमा सांस्कृतिक, खेलकुद र सामाजिक क्रियाकलापहरू समेत आयोजना गरिन्छन्।बिद्यार्थीले किन पढ्नु पर्छ त एम्स कलेज अनि यसका विशेषता अन्य कलेज भन्दा किन र कसरी फरक छ भन्ने सेरोफेरोमा रहेर एम्स कलेज धरानका प्रिन्सिपल सन्तोष कोइरालासँग कोशी पत्रले गरेको कुराकानीको संक्षेप प्रस्तुत गरिएको छ ।

# यो कलेज अन्य कलेज भन्दा किन फरक रहेको छ ?

हामी फरक नै छौ । विगत ३ वर्षदेखि चैँ हामी धरानमा, दुई वर्ष प्रथम भयौं। एक वर्ष दोस्रो, पोहोरको साल चैँ हामी दोस्रो। अहिले, अहिलेको साल हामी यो जुन रिजल्ट गयो, त्यसमा चैँ हामी प्रथम भयौं। र हामीसँग क्वालिटी एजुकेसन छ। हामीसँग पर्याप्त मात्रामा ल्याब छन्। विद्यार्थीले चाहेको जस्तो शिक्षा हामी दिन्छौं। र त्यो सहुलियत रुपमा, हामीले चैँ विद्यार्थीसँग त्यसरी चर्को शुल्क नलिकन एकदम मिडियम शुल्कमा, स्ट्यान्डर्ड चैँ उत्कृष्ट खालको शिक्षा चैँ हामी दिइरहेका छौं। त्यही भएर धरानमा चैँ एम्स एकेडेमी हो ।

# बिद्यार्थीले एम्स कलेज नै किन रोज्ने त ?

मैले अघि पनि भने, एम्स कलेजमा हामी एक त पारिवारिक माहोल। भन्नाले विद्यार्थीसँग यहाँको प्रशासन प्रत्यक्ष रुपमा विद्यार्थी बसबाट उत्रिनुहुन्छ या हिँड्दै आउनुहुन्छ, गेटमा हामी स्वागत गर्न बसेका हुन्छौं प्रत्येक दिन।

र जाँदाखेरि पनि हामी विद्यार्थीलाई बिदाई गरेर मात्रै हामी निस्किन्छौं। र प्रत्येक विद्यार्थी, उसको क्वालिटी, उसको उसले लिँदै गरेका कुराहरु, उसको समाजसँगको कनेक्सन, उसको पारिवारिक अवस्थादेखि लिएर सबै कुरालाई हामी हेरेर अँ उसलाई चैँ शिक्षा, उसको मनोविज्ञानलाई बुझेर हामी शिक्षा दिने भएको हुनाले गर्दा रिजल्ट धरानमा उत्कृष्ट आइरहेको हुनाले पनि विद्यार्थीले एम्स एकेडेमी रोज्नुपर्छ।

अहिले हामी चैँ लगभग अघि पनि मैले प्रेस मिटमा पनि भने, अहिले चैँ हामी कस्तो गरिरहेका छौं भने धरान चैँ शिक्षाको लागि चैँ फेरि एउटा जागरुक हुँदैछ है भन्ने खालको कुरा चैँ एम्सले दिँदैछ। थुप्रै संस्था छन्।

 # विद्यार्थीहरुले राजेको कुन कुन विषयमा पढ्न पाउँछन त ?

एम्स एकेडेमीमा पढ्न आउने विद्यार्थीहरुले साइन्स भयो, म्यानेजमेन्ट भयो। म्यानेजमेन्टमा चैँ कम्प्युटर राख्न सक्नुहुन्छ, बिजनेस राख्न सक्नुहुन्छ, म्याथ राख्न सक्नुहुन्छ।

त्यसैगरी ह्युमानिटिज, एजुकेसन, त्यसैगरी नेपाली मिडियमबाट पनि हामीले म्यानेजमेन्ट यसपाली देखि पढाउने जमर्को गरेका छौं। त्यसैगरी हामीसँग होटल म्यानेजमेन्ट पनि छ। हस्पिटालिटी म्यानेजमेन्ट भनेर हामीले ल्याएका छौं, जुन एउटा सब्जेक्ट, अकाउन्ट अलिकति विद्यार्थीले अप्ठ्यारो मान्छन्। त्यो सब्जेक्टलाई नराखिकन हस्पिटालिटीलाई जोडेर चैँ हामीले चैँ ल्याएका छौं यसपाली देखि। प्राय सवै विषय विद्यार्थीले आफ्नो रुची अनुसार अध्ययन गर्न पाउने छन् ।

हस्पिटालिटी म्यानेजमेन्ट भन्ने त्यो होटल म्यानेजमेन्ट कै एउटा, एउटा सब्जेक्ट हो त्यो। त्यो पनि हामीले।

# हस्पिटालिटी म्यानेजमेन्ट थप नयाँ विषय ल्याउँदै हुनु हुन्छ ?

हजुर थप नै हो । हामीले हस्पिटालिटी म्यानेजमेन्ट भन्ने त्यो हस्पिटालिटीसँग सम्बन्धित, फ्रन्ट डेस्कसँग सम्बन्धित कुराहरु विद्यार्थीले एउटा नयाँ कुरा सिक्न पाउँछन्।

# कलेजका थप विशेषताहरु के छन ?

विद्यार्थीलाई उसले चाहेजस्तो विषय पनि हामीसँग छ। उसले जुन विषय पढ्न चाहन्छ र उसले जस्तो खालको इन्भाइरोमेन्ट खोजेको छ, त्यो वातावरण हामीसँग छ। र उसले जति पे गर्न सक्छ, हैन, उसले पैसा टन्न हुनेले राम्रो ठाउँमा गएर महँगा कलेज पढ्नुपर्ने,पढ्नुपर्छ भन्ने मान्यता छ, थोरै पैसा तिरेर पनि उत्कृष्ट शिक्षा धरानमा लिन सकिन्छ।

धरानका शिक्षण संस्थाहरुले दिएका छन्। त्यसमा पनि एम्स एकेडेमीले दिँदै आएको छ भन्ने कुरा त रिजल्टबाटै देखिन्छ। यहाँहरुले रिजल्ट, हाम्रो वेबसाइटमा, हाम्रा पेजहरुमा यहाँले रिजल्ट देखिराख्नु भएको छ। त्यसले पनि विद्यार्थीको रोजाइमा पर्नुपर्छ।

# विद्यार्थीहरुको लागि नया थप सेवा सुविधाहरु के के छन ?   

अवस्य पनि छ । इन्ट्रान्समा टप गर्नुभयो भने उहाँले फ्री पाउनुहुने कुरा छँदैछ। जस्तै हामीले एम्स एसईई रन गरेका छौं, त्यसमा टप गर्नेहरुले, टप गर्ने विद्यार्थीले चैँ केटाकेटी दुवैजनाले फ्री स्कलरशिपमा पढ्न पाउनुहुनेछ, टप टेनलाई हामीले एडमिसनमा छुट दिन्छौं। हामीले एउटा स्किम बनाएका छौं।

त्यो स्किम भित्र रहेरे के दिने भन्ने कुरा बनाएका छौं। तर म सर्वप्रथम विद्यार्थी भाइबहिनीहरुलाई आएर इन्ट्रान्समा एप्लाई गर्नुहोस्। त्यसपछाडि हामीले गर्ने सपोर्ट, सहयोग, शैक्षिक रुपमा होस् या सामाजिक रुपमा होस्, हामी गर्न तयार छौं। तपाईंको भविष्य, तपाईंको जीवनको सारथि हामी बन्न तयार छौं।

# अन्त्यमा के भन्नु चाहनु हुन्छ ?


विद्यार्थी लगायत अभिभावक ज्यूहरुलाई म के अनुरोध गर्न चाहन्छु भने थुप्रै शिक्षण संस्थाहरु छन् धरानमा। सबै राम्रा छन्। नराम्रो म कहिल्यै पनि भन्दिनँ कुनैलाई पनि। हामी त्यो भन्न चाहँदैनौं।

सबैमा पढाइ हुन्छ, सबैमा राम्रो हुन्छ। हामी यति मात्रै हो अरु भन्दा हामी किन फरक भन्दाखेरि विद्यार्थीको मनोभावनालाई बुझेर शिक्षा दिने। कम लगानी गरेर गुणस्तरीय शिक्षा र विद्यार्थीसँगै हामी, जसरी उ बच्चा हुँदाखेरि घरमा एउटा बुवाआमासँग जसरी बसेर एक खालको उसले वातावरण सिकेको हुन्छ, घरायसी कुरा हो भनौँ, समाजलाई बुझेको हुन्छ, हामी त्यो पढाइ मात्रै नभएर अरु समाज बुझ्ने कुराहरु, हैन, विभिन्न खेलकुदका माध्यमबाट हुन्छ कि, स्काउटिङको माध्यमबाट हुन्छ कि, अरु कुनै विषयबाट हुन्छ, हामी चैँ त्यो समाजसँग जोड्ने पनि हामी एउटा पुलको रुपमा हामी काम गर्ने भएको हुनाले गर्दा विद्यार्थीलाई म के अनुरोध गर्न चाहन्छु भने, तपाईंहरु आउनुहोस्, आएर यहाँ इन्ट्रान्स फर्म भर्नुहोस्। यहाँहरुले पढ्न चाहेका विषयहरु हामीसँग सबै छन्।

 भिडियो:

 

विद्यार्थी–अभिभावकको ...

धरान मेघा कलेज स्थापनाको छोटो समयमै यस क्षेत्रका विद्या ...

विष्णुले फेरी इतिहाँ ...

धरान । सुनसरीको धरानमा रहेको विष्णु मेमोरियल माविले यस ...

विष्णुले फेरी इतिहाँ ...

धरान । सुनसरीको धरानमा रहेको विष्णु मेमोरियल माविले यस ...

दोश्रो एम्स एसईई रन ...

धरान ।धरान उपमहानगरपालिका वडा नं. १२ स्थित एम्स कलेजले ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved