धरानमा 'खाम्बेक फूङ' लिम्बु पालाम म्युजिक भिडियो विमोचन

  • असार ७, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ गायिका शान्ति नाल्बोको शब्द तथा स्वर रहेको लिम्बु पालाम ‘खाम्बेक फूङ’ म्युजिक भिडियो सार्वजनिक गरिएको छ।

धरान–९ स्थित एचके मेलोडी क्लबमा आयोजित कार्यक्रममा याक्थुङ चलचित्रकर्मी संघ नेपालका अध्यक्ष नबिन मेन्याङ्बोले भिडियो विमोचन गरे। प्रमुख अतिथि मेन्याङ्बोले लिम्बु समुदायको मौलिक संस्कृति, धान नाच र पालाम गीतको संरक्षण र प्रवर्द्धनमा भिडियोले सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

उक्त भिडियो गरिमा डान्स सेन्टर धरानका प्रबन्ध निर्देशक एवं नृत्य निर्देशक मणिकुमार लिम्बुको निर्देशन, म्युजिक मिडिया धरानका संचालक विजय श्रेष्ठको संगीत संयोजन र भिजुअल फिल्म स्टुडियोका संचालक एडम लिम्बुको छायांकनमा निर्माण भएको हो। भिडियो निर्माण व्यवस्थापन चलचित्रकर्मी तथा नृत्य निर्देशक सानुराजा थेगिमले गरेका छन्।

भिडियोमा शान्ति नाल्बो, याम सुब्बा, कर्ण सम्बाहाम्फे, उदय कुरुमबाङ, मन्जु राई, रोजनी तेयुङ, सीता नाल्बो, मनोज तेम्बुङ, अमित गुरुङ, अर्जुन नाल्बो, सुदिप थक्लुङ, राजकुमार कुरुम्बाङ, खिरमान खजुम, विष्णु हाङगाम, हरि मादेन, बिमला राई, अस्मिता नाल्बो, समिक्षा तेम्बुङ, कौशिला तेम्बुङ, धनमाया लिवाङ, भक्तिमाया नाल्बो, जानुका तेम्बुङ लगायत कलाकारहरुको अभिनय रहेको छ।

यस्तै, बाल कलाकार बिअन स्याङ्बो तामाङ, आस्था राई, टिका मगरको अभिनय रहेको छ भने फागो चोङबाङ केलाङ समूह धरान–१२ र गरिमा डान्स सेन्टर धरानका कलाकारहरुको कोरस नृत्यले भिडियोमा थप आकर्षण थपेको छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved