श्रीमतीलाई बलात्कार गरेको आरोपमा श्रीमान दोषी, ६ महिना कैद र १ लाख क्षतिपूर्ति तिर्नुपर्ने

  • असार १, २०८२
  • कोशीपत्र/संवाददाता
alt

जनकपुरधाम/ धनुषामा वैवाहिक बलात्कार (श्रीमतीमाथि जबरजस्ती करणी)को मुद्दामा श्रीमान दोषी ठहरिएका छन्।

जिल्ला अदालत धनुषाका न्यायाधीश दिलकुमार वर्देवाको एकल इजलाशले श्रीमानलाई दोषी ठहर गर्दै ६ महिना कैद र १ लाख रुपैयाँ क्षतिपूर्ति तिर्ने फैसला सुनाएको हो।

वैवाहिक बलात्कारको आरोपमा २०७९ चैत २१ गते श्रीमतीले धनुषा जिल्ला अदालतमा मुद्दा दायर गरेकी थिइन्। त्यसपछि २०८० साउन २१ गते पहिलोपटक मुद्दाको पेशी बसेको थियो।

सोही दिन अदालतले धरौटी माग्ने आदेश दिएको थियो।

कुल ३६ वटा पेशी चल्दै गएपछि अन्ततः जेठ १३ गते दोष पुष्टि भएको ठहर गर्दै सजाय निर्धारणका लागि प्रक्रियागत अगाडि बढाइएको थियो। त्यसअनुसार, जेठ २९ गतेको पेशीमा सजायपूर्वको प्रतिवेदन पेश गरियो। प्रतिवेदनका आधारमा गत शुक्रबार अदालतले अन्तिम फैसला सुनाएको हो।

अदालतले आरोपी श्रीमानमाथि ६ महिना कैद सजायका साथै पीडित श्रीमतीलाई एक लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने आदेश पनि दिएको छ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved