धरान । दैनिक अर्बौको काराबार गर्ने सुनचाँदी व्यवसाय पसल नै बन्द गरेर सडक अन्दोलनमा उत्रिएका छन् ।
झण्डै २३ हजारको हाराहारीमा रहेका व्यवसायीहरु विहीबारदेखि शुत्रबार सम्म दुई दिन सरकारले आर्थिक वर्ष २०८२÷०८३ को बजेट वक्तव्य मार्फत सुनमा २ प्रतिशत विलासिता कर र पत्थरजडित गहनामा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको विरोधमा आन्दोलित भएका हुन् ।
नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ कोशी प्रदेशका महासचिव प्रेम लकान्द्रीका अनुसार सरकारले सुन जुन मानिस जन्मेदेखि मृत्यु पर्यन्त सम्म चाहिने अति आवस्यक वस्तु सुनलाई विलासिताको भनेर थप २ प्रतिशत कर लगाउनु भनेको आम उपभोक्ता नै मार पर्ने भएकाले आफुहरुले उपभोक्ता मैत्री बनाउनको लागि देशभर आन्दोलन गर्नु परेको बताए ।
उनले भने,“सरकारले कर बढाउँदा थप गृहकार्य नै नगरि यस्तो गर्दा उपभोतालाई थप मार पर्छ,जस्ले गर्दा तोलामा झण्डै ३८ सयदेखि ४ हजार सम्म उपभोक्ताले नै उक्त कर व्यहोर्नु पर्ने भएकाले अविलम्ब विलासिता कर हटाउनको लागि दबाब दिन आन्दोलन गर्न बाध्य हुनु परेको हो।”
नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय शान्ति सुरक्षा विभागका सदस्य युवराज शंकरका अनुसार कर अलवा सरकार पटक पटक जारी गर्न नसकेको सुनचाँदी ऐनलाई पनि जारी गरेर अहिले नयाँ अािर्थक बर्षमा लागु गर्ने भनिएको विलासिता करको विरोध स्वरुप व्यवसायीहरु आक्रोसित भई व्यवसया नै वन्द गर्न वाध्य भएको बताए ।
उनले भने,नेपालमा अर्वौ रुपैयाँ राजस्व सरकारलाई व्यवासयीहरुले बुझाउँदै आएका छौं,तर सरकार भने व्यवसायीलाई वेवास्ता गर्दै ऐन जारी गर्न नसकिरहेको दुखद अवस्थाले गर्दा आन्दोलन गर्नु परेको १३ प्रतिशत कर थुपारेको बताए ।नेपाल सुनचाँदी कला व्यवसायी संघ सुनसरीका अध्यक्ष प्रदीप गहतराजले जेठ २९ र ३० सुनचाँदी पसल पूर्णरूपमा बन्द गरि सरकारको नयाँ कर नीति विरुद्ध सबै व्यवसायीहरूलाई आन्दोलनमा सक्रिय भएर सहभागी हुन आव्हान गरेका छन् ।
उनले दिएको जानकारी अनुसार विहीबार धरानमा उक्त सरकारले लागु गर्ने भनिएको करको विरोध गर्दै विरोध र्याली समेत गरेको बताए । आन्दोलित व्यवसायीहरुले वुधबार नै इलाका प्रशासन कार्यालय धरान मार्फत नेपाल सरकारका अर्थमन्त्रीलाई ज्ञापन पत्र समेत वुझाएका छन् । यसअघि पनि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की सहितलाई सरकारले सुनचाँदीमा लिने भनेको नयाँ कर नीतिको विरोध गर्दै ज्ञापन पत्र बुझाएका छन् ।
सरकारको नयाँ कर नीतिले मूल्य वृद्धि गरी सुनचाँदीमा हुँदै आएको विकृती र तस्कारलाई प्रोत्साहन गरेको आरोप आभुषण महासंघ कोशी प्रदेशका महासचिव प्रेम लकान्द्रीले लगाएका छन् ।महासंघका केन्द्रिय शान्ति सुरक्षा विभागका सदस्य शंकरले व्यवसायीले भन्दा पनि सरकारले ल्याएको कर नीतिले उपभोक्तालाई नै मार पर्ने भएको बताए ।
कर उपभोक्ताले नै थप तिर्नु पर्छ,त्यसैले यो व्यवसायीहरु उपभोक्तालाई मार नपरोस् भनेर विसुद्ध आन्दोलित भएको र उपभोक्ता समेत जागृत हुनु पर्ने सदस्य शंकरको भनाई छ । व्यवसायीहरुले हामी विरोधमा छौ भनेर कालो पातेको प्ले कार्ड सहित लिएर सडक आन्दोलन गरि रहेका छन् ।