भोजपुरको तीनतलेमा ‘साम्तोलिङ’ बौद्ध गुम्बा निर्माण धार्मिक पर्यटन र संस्कृतिको संरक्षणमा टेवा पुग्ने अपेक्षा

  • जेठ २९, २०८२
  • कोशीपत्र/संवाददाता
alt

भोजपुर/भोजपुरको षडानन्द नगरपालिका–१०, तीनतलेमा ‘साम्तोलिङ’ बौद्ध गुम्बा निर्माण गरिएको छ।

बौद्ध संस्कृतिको संरक्षणसहित धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले गुम्बा निर्माण गरिएको हो।

वडाध्यक्ष पेमदोर्ची शेर्पाका अनुसार केन्द्र, प्रदेश र स्थानीय सरकारको सहयोग, साथै स्थानीयवासीको जनश्रमदानमार्फत करिब १ करोड २० लाख रुपैयाँ लागतमा गुम्बा निर्माण गरिएको हो। झन्डै दुई रोपनी क्षेत्रफलमा फैलिएको गुम्बासँगै भान्सा, शौचालय र धारा जस्ता संरचना समेत निर्माण गरिएको छ।

वडाले गुम्बाभित्र बौद्ध धर्मसँग सम्बन्धित विभिन्न चित्र र आकृति निर्माणका लागि ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। पहिले रहेको पुरानो गुम्बा २०७२ सालको भूकम्पले जीर्ण बनेपछि नयाँ गुम्बा निर्माण गरिएको हो।

गुम्बा निर्माणका लागि वडाध्यक्ष शेर्पाले दुई रोपनी र स्थानीय निम्छीरी शेर्पाले आठ रोपनी जग्गा निःशुल्क दान गरेका छन्। नयाँ गुम्बा बनेपछि समुदायमा उत्साह थपिएको स्थानीय फुर्लाक्पा शेर्पाले बताए।

वडाध्यक्ष शेर्पाका अनुसार गुम्बाबाट यहाँका एक सय २० भन्दा बढी बौद्ध धर्मावलम्बी लाभान्वित भएका छन्। हरेक महिनाको विशेष पूजाआजा यहाँ सामूहिक रूपमा गरिन्छ।

मुन्दुम पदमार्ग नजिकै रहेकोले यो गुम्बा धार्मिक पर्यटनको गन्तव्यको रूपमा पनि विकास हुने अपेक्षा गरिएको छ।

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved