डिएसपी हुँ भन्दै छ लाख ठगी गर्ने दुई जना पक्राउ

  • जेठ २८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षक (डिएसपी) हुँ भन्दै छ लाख रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक चौरी देउराली–८ का ४५ वर्षीय ज्ञानबहादुर लामा उर्फ ज्ञानु तामाङ र सुनसरी इटहरी उपमहानगरपालिका–४ पाँचघरे घर भई हाल काठमाडौँको कलंकी बसोबास गर्ने ४२ वर्षीय रेवती ओझा रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार, "डिएसपी हुँ भन्दै प्रहरी हिरासतमा रहेका एक व्यक्तिको मुद्दा मिलाइदिन्छु भनेर उनीहरूले छ लाख रुपैयाँ ठगेको भन्ने उजुरीको आधारमा अनुसन्धान गरिएको थियो। सोही अनुसन्धानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो," उनले जानकारी दिए।

प्रहरीका अनुसार, पक्राउ परेका ज्ञानबहादुर लामाको विगत पनि आपराधिक गतिविधिमा संलग्न रहेको खुलेको छ। उनी २०७० साल फागुन २० गते हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा पाँच वर्षको जेल सजाय भुक्तान गरिसकेका छन्। त्यसबाहेक, सार्वजनिक अपराध तथा २०६७ साल कात्तिक ४ गते जुवा सम्बन्धी कसुरमा समेत उनीमाथि मुद्दा चलाइएको थियो।

पक्राउ परेका दुवै जनामाथि काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved