अब मेचीनगरमा नगद हैन, ‘डाइनामिक क्यूआर’बाट कर तिर्न मिल्ने

  • जेठ २६, २०८२
  • कोशीपत्र/संवाददाता
alt

झापा/  करदातालाई अब नगद बोकेर नगरपालिकाको धक्का खाने झन्झट अन्त्य भएको छ। झापाको मेचीनगर नगरपालिकाले कर संकलन प्रणालीमा नयाँ प्रविधि ‘डाइनामिक क्यूआर कोड’ प्रणाली सुरु गरेको छ।

आइतबार नगर प्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोखरेल उप्रेतीले ‘डाइनामिक क्यूआर’ प्रणालीको विधिवत् रूपमा उद्घाटन गर्दै कर प्रणालीमा डिजिटल युगको थालनी गरे। उनीहरूले उद्घाटनकै दिन आफ्नै नाममा रहेको जग्गाको एकीकृत सम्पत्ति कर तिरेर अभियानको शुभारम्भ गरे।

अब मेचीनगरको सबै १५ वटै वडा कार्यालय र नगर कार्यालयमा कर तिर्न जाने करदाताले क्यूआर स्क्यान गरेर सहजै भुक्तानी गर्न सक्नेछन्।

सफटेक इनफोसीसद्वारा विकसित सफ्टवेयरमार्फत यो सेवा कार्यान्वयनमा ल्याइएको हो। राजश्व शाखा प्रमुख प्रेमप्रसाद पराजुलीका अनुसार, करदाताको आफ्नै नाममा छुट्टै क्यूआर कोड निर्माण गरिएको छ, जसबाट कर तिर्दा कुनै अतिरिक्त शुल्क लाग्दैन।

साउन महिनादेखि भने करदाताले मोबाइल एप्लिकेशनमार्फत घरबाटै कर तिर्न सक्ने, बक्यौता हेर्न सक्ने, र आवश्यक सेवा डिजिटल रुपमा लिन सक्ने सुविधा पनि थपिने बताइएको छ।

यसअघि नै वडा सचिव, वडा तथा नगरका राजश्व सम्बन्धित कर्मचारीलाई अभिमुखीकरण दिइसकिएको छ।

उद्घाटन कार्यक्रममा नगर प्रमुख बुढाथोकी, उपप्रमुख एवं राजश्व परामर्श समिति संयोजक उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, सूचना प्रविधि अधिकृत अशोक भेटवाल, कार्यपालिका सदस्य चित्र धिमाल लगायतको उपस्थिति रहेको थियो।

अब मेचीनगरमा कर तिर्न सजिलो मात्र होइन, डिजिटल र पारदर्शी पनि भएको छ।

९१५ किलो गाँजासहित च ...

धरान/ सुनसरीको इनरुवामा ९१५ किलोभन्दा बढी गाँजा सह ...

देव कुमारी-शिव प्रसा ...

विराटनगर/ ७१ औं प्रहरी दिवसको अवसरमा देव कुमारी-शिव प्र ...

धरानको भोटेपुलमा ट्र ...

धरान/ सुनसरीको धरान–८ भोटेपुलस्थित कोशी लोकम ...

कारागारको गेटमै समात ...

धरान/मोरङको विराटनगरस्थित कारागारमा लागुऔषध छिराउन खोज् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved