नहरमा ८९ वर्षीया वृद्धाको शव फेला, मानसिक सन्तुलन कमजोर रहेको प्रारम्भिक निष्कर्ष

  • जेठ २५, २०८२
  • कोशीपत्र/संवाददाता
alt तस्बिर :वृद्धाको शव फेला परेको नहर

विराटनगर/ मोरङको ग्रामथान गाउँपालिका–६ स्थित सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरमा आइतबार एक वृद्धा मृत अवस्थामा फेला परेकी छन्।

जिल्ला प्रहरी कार्यालय मोरङका इन्स्पेक्टर हेमराज ओलीका अनुसार मृतक ग्रामथान गाउँपालिका–७ की ८९ वर्षीया तिलमाया खड्का हुन्।
शनिबार घरबाट हराएकी उनी आइतबार अपराह्न १२ बजेतिर नहरको पानीमा घोप्टो परेको अवस्थामा मृत फेला परेकी हुन्।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट वृद्धाको मानसिक सन्तुलन कमजोर रहेको पाइएको छ। इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्रीको नेतृत्वमा पुगेको प्रहरी टोलीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल, विराटनगर पठाएको छ।

हालसम्मको अनुसन्धानमा मृत्यु शंकास्पद देखिएको छैन भने घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मोटरसाइकलको ठक्करबाट ...

मोरङ/ मोरङको ग्रामथान गाउँपालिकामा मोटरसाइकलको ठक् ...

२८ किलो गाँजा र बियर ...

सुनसरी/ मोरङको जहदा गाउँपालिकामा सफारीभित्र लुकाएर ल्या ...

मलद्वारमा लुकाएर ल्य ...

सुनसरी/लागूऔषध लुकाएर ओसारपसार गरेको आशंकामा सुनसरीको इ ...

घरको भान्सा कोठाको स ...

सुनसरी/सुनसरीको बराहक्षेत्रमा घरभित्र लुकाएर राखिएको एक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved