नहरमा ८९ वर्षीया वृद्धाको शव फेला, मानसिक सन्तुलन कमजोर रहेको प्रारम्भिक निष्कर्ष

  • जेठ २५, २०८२
  • कोशीपत्र/संवाददाता
alt तस्बिर :वृद्धाको शव फेला परेको नहर

विराटनगर/ मोरङको ग्रामथान गाउँपालिका–६ स्थित सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरमा आइतबार एक वृद्धा मृत अवस्थामा फेला परेकी छन्।

जिल्ला प्रहरी कार्यालय मोरङका इन्स्पेक्टर हेमराज ओलीका अनुसार मृतक ग्रामथान गाउँपालिका–७ की ८९ वर्षीया तिलमाया खड्का हुन्।
शनिबार घरबाट हराएकी उनी आइतबार अपराह्न १२ बजेतिर नहरको पानीमा घोप्टो परेको अवस्थामा मृत फेला परेकी हुन्।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट वृद्धाको मानसिक सन्तुलन कमजोर रहेको पाइएको छ। इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्रीको नेतृत्वमा पुगेको प्रहरी टोलीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल, विराटनगर पठाएको छ।

हालसम्मको अनुसन्धानमा मृत्यु शंकास्पद देखिएको छैन भने घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved