डेरामै चल्दै थियो नक्कली नोट छाप्ने धन्दा, झापाबाट एक जना पक्राउ

  • जेठ २३, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/  झापाको काँकडभिट्टाबाट लाखौँ रुपैयाँ बराबरको नक्कली नेपाली नोट (खोटा मुद्रा) सहित एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्ने व्यक्ति तेह्रथुमको ओयाक्जुङ गाउँपालिका–५ घर भई हाल कन्काई नगरपालिका–८ लक्ष्मीपुरमा डेरा गरी बस्दै आएका २८ वर्षीय गणेश भारती रहेका छन्।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका अनुसार, नेपाल बैंकको कार्यालय अगाडि शंकास्पद रूपमा हिँडडुल गरिरहेको अवस्थामा उनलाई चार दिनअघि नियन्त्रणमा लिइएको थियो।

प्रारम्भिक जाँचमा उनको साथबाट एक हजार दरका नक्कली नोटहरू गरी १ लाख रुपैयाँ बरामद भएको थियो।

शुक्रबार प्रहरी निरीक्षक राजकुमार कार्कीको नेतृत्वमा उनको डेरा खानतलासी गर्दा ५ लाख ३० हजार ६८० रुपैयाँ बराबरका विभिन्न दरका नक्कली नोटहरू र नोट छाप्न प्रयोग गरिने मेसिनसहितका सामग्रीहरू बरामद गरिएको प्रहरीले जनाएको छ।

बरामद नोटको विवरण:

  • रु. १,००० दरका: ४ लाख ७० हजार
  • रु. ५०० दरका: १ लाख ४१ हजार
  • रु. १०० दरका: १९ हजार
  • रु. ५० दरका: ६ सय
  • रु. २० दरका: ४ वटा

प्रहरीका अनुसार, नोट छपाइमा प्रयोग गरिने विभिन्न प्रकारका रङ, कागज, र छपाइ मेसिनसमेत घटनास्थलबाट बरामद गरिएको छ। प्रारम्भिक अनुसन्धानमा ती नक्कली नोट उनी आफैंले छापेको खुलेको छ।

पक्राउ परेका भारतीविरुद्ध झापा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved