काठमाडौंमा राजावादीको प्रदर्शन, कमल थापा पक्राउ – लिङ्देनको आपत्ति

  • जेठ १८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौं/  राजधानी काठमाडौंको नारायणचौरमा आइतबार भएको राजावादी प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दै राप्रपा नेपालका अध्यक्ष कमल थापा सहितका नेताहरूलाई पक्राउ गरेको छ। बालुवाटारतर्फ जुलुससहित अघि बढ्न खोजेपछि प्रहरीले बल प्रयोग गर्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका थापाले पक्राउअघि "भ्रष्ट सरकार मुर्दावाद" भन्दै नारा लगाएका थिए। उनी पक्राउ परेपछि प्रदर्शनमा सहभागी राजावादी समूह आक्रोशित बनेका छन् र तत्काल थापालाई रिहा गर्न माग गरेका छन्।

प्रदर्शनस्थलमै बोल्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले थापाको गिरफ्तारीप्रति कडा आपत्ति जनाएका छन्। उनले सरकारले धरपकडको नीति अपनाएको भन्दै चेतावनी दिएका छन् – "कमल थापालाई तत्काल रिहा नगरिए आन्दोलन सोमबारदेखि अझ सशक्त बनाइनेछ," लिङ्देनले भने।

अहिले नक्सालस्थित प्रहरी हेडक्वार्टर अगाडि सडकमै राजावादीहरूले प्रदर्शन जारी राखेका छन्। राप्रपाका नेता जनकराज पाठकका अनुसार वर्तमान संघीय व्यवस्था विरुद्ध बिहीबारदेखि सुरु भएको प्रदर्शन कार्यक्रमअनुसार आज (आइतबार)को प्रदर्शन नक्साल क्षेत्रमा तय गरिएको थियो।

राजावादी समूहले हिन्दू राष्ट्र र राजसंस्थाको पुनःस्थापनाको माग गर्दै आन्दोलन चर्काइरहेका छन्। उनीहरूले वर्तमान राजनीतिक संरचना असफल भइसकेको दाबी गर्दै नयाँ राष्ट्रिय विमर्शको खाँचो औंल्याइरहेका छन्।

मोटरसाइकलको ठक्करबाट ...

मोरङ/ मोरङको ग्रामथान गाउँपालिकामा मोटरसाइकलको ठक् ...

२८ किलो गाँजा र बियर ...

सुनसरी/ मोरङको जहदा गाउँपालिकामा सफारीभित्र लुकाएर ल्या ...

मलद्वारमा लुकाएर ल्य ...

सुनसरी/लागूऔषध लुकाएर ओसारपसार गरेको आशंकामा सुनसरीको इ ...

घरको भान्सा कोठाको स ...

सुनसरी/सुनसरीको बराहक्षेत्रमा घरभित्र लुकाएर राखिएको एक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved