सुनसरीमा प्रहरीमाथि खुकुरी प्रहारको प्रयास, आत्मरक्षामा गोली चलाउँदा एक घाइते

  • जेठ ११, २०८२
  • कोशीपत्र/संवाददाता
alt फाइल तस्बिर

सुनसरी/ सुनसरीको बराहक्षेत्र नगरपालिका–३ मा लागुऔषध गाँजाको ओसारपसारमा संलग्न समूहलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीले गोली चलाएको छ। घटनामा एक जना घाइते भएका छन्।

कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी ईश्वर कार्कीका अनुसार, विशेष सूचनाका आधारमा गएको प्रहरी टोलीलाई नियन्त्रणको प्रयासकै क्रममा ती समूहका एक सदस्यले प्रहरीमाथि खुकुरी प्रहार गर्ने प्रयास गरेका थिए।

“स्थिति नियन्त्रणबाहिर जान थालेपछि प्रहरीले पहिलो चरणमा दुई राउन्ड हवाई फायर गर्‍यो। तर आक्रमण नरोकिएपछि आत्मरक्षाका लागि गोली चलाउनु परेको हो,” डीआईजी कार्कीले बताए।

प्रहरीको गोलीबाट बराहक्षेत्र–३ निवासी ५५ वर्षीय रामप्रसाद लिम्बू घाइते भएका छन्। उनको खुट्टाको घुँडामुनि गोली लागेको र हाल धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। घाइते लिम्बूको अवस्था सामान्य रहेको बताइएको छ।

घटनास्थलबाट गाँजा बरामद भएको विषयमा पुष्टि नभइसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved