सुनाखरी एकेडेमीमा उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान

  • जेठ १०, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान–१२ चतरालाईनस्थित सुनाखरी एकेडेमीले शैक्षिक सत्र २०८१ को वार्षिक परीक्षामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई शुक्रबार एक विशेष समारोहबीच सम्मान गरेको छ।

विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा कक्षा नर्सरीदेखि कक्षा ९ सम्मका प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।

त्यस्तै, विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्टता देखाउने विद्यार्थीहरू पनि पुरस्कृत भए।

पुरस्कार वितरण विद्यालयका प्रिन्सिपल मिलन राई, भाइस प्रिन्सिपल अशोक लिम्बु, प्लस टु कोअर्डिनेटर टप कुमार राई लगायतले गरेका थिए।

एस.ई.ई. स्पिकर र मिस एस.ई.ई. का फाइनलिस्टलाई विशेष सम्मान

२०८१ सालको एस.ई.ई. परीक्षा दिएका विद्यार्थीहरूबीच आयोजना गरिएको ‘एस.ई.ई. स्पिकर’ तथा ‘मिस एस.ई.ई.’ प्रतियोगिताको फाइनलमा पुग्न सफल नाबिया सरखाना र सृष्टि लिम्बुलाई विद्यालयले विशेष सम्मान प्रदान गरेको छ।

नाबिया ‘एस.ई.ई. स्पिकर’ प्रतियोगिता तथा सृष्टि ‘मिस एस.ई.ई.’ को फाइनलसम्म पुगेका हुन्। उनीहरूलाई प्रिन्सिपल मिलन राई र कोअर्डिनेटर टप कुमार राईले मायाको चिनो, अबिर र खदा लगाएर सम्मान गरेका थिए।

कार्यक्रममा नाबियाले प्रतियोगिताबाट प्राप्त अनुभव साझा गरेकी थिइन् भने सृष्टिले नृत्य प्रस्तुति दिँदै दर्शकहरूसँग भोटको आग्रह गरेकी थिइन्।

कार्यक्रम सञ्चालन दीक्षा लिम्बु, शारदा लिम्बु, नाम्साङ लिम्बु र एलिना मास्केले गरेका थिए।

तस्बिरहरू :

sunakhari sunak suna sunakh suu sss sunakharii

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved