जनताको सास्ती, सरकारको उदासीनता: बिरिङ पुल अझै अलपत्र

  • जेठ ५, २०८२
  • कोशीपत्र/संवाददाता
alt

झापा/झापा जिल्लाको अर्जुनधारा नगरपालिका–५ स्थित बिरिङ खोलामा दुई वर्षअघि बाढीले भासिएको पक्की पुल अझै पुनर्निर्माण हुन सकेको छैन।

स्थानीय सरकारदेखि संघीय तहसम्मको बेवास्ता र ढिलासुस्तीकै कारण सो पुल अलपत्र अवस्थामा रहेको छ। जोखिम मोलेर दैनिक ओहोरदोहोर गर्न बाध्य स्थानीयवासी अब सरकारको उदासीनताप्रति खुलेर आक्रोशित छन्।

विर्तामोड–अर्जुनधारा हुँदै इलामको माइ नगरपालिकालाई जोड्ने सो पुल अत्यन्तै महत्त्वपूर्ण भए पनि संरचना भत्किएपछि सरकारले हालसम्म नयाँ पुल निर्माणका लागि ठोस पहल गर्न सकेको छैन।

अहिले पनि साना सवारी साधनले मात्र पुल प्रयोग गरिरहेकाले यात्रु र चालकहरू दिनहुँ जोखिम बेहोर्न बाध्य छन्।

स्थानीय मेघराज रम्तेल भन्छन्, “पहिलो वर्ष त बजेट थिएन होला भनेर सह्य गर्‍यौँ, तर दोस्रो वर्ष पनि सरकारले सुनुवाइ नगरेपछि अब साँच्चिकै त्रास बढेको छ।” बर्खायाममा त खोलाको पानी पुलभन्दा माथि पुग्ने हुँदा दुर्घटनाको खतरा झन् बढेको उनी बताउँछन्।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved