कोशी पर्यटन वर्ष: घुम्न लायक १० गन्तब्य

  • वैशाख २५, २०८२
  • कोशीपत्र/संवाददाता
alt -फाइल तस्बिर

 इटहरी/ कोशी प्रदेश सरकारले प्रदेशको समृद्धि, विकास र पर्यटन प्रवद्र्धनलाई लक्ष्य गर्दै २०८२ साललाई ‘कोशी पर्यटन वर्ष’ घोषणा गरेको छ।

उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले तीनजुरे मिल्के क्षेत्रबाट पर्यटन वर्षको औपचारिक शुभारम्भ गरिसकेका छन्।

पर्यटन वर्षअन्तर्गत प्रदेश सरकारले ८२ वटा गन्तव्य पहिचान गरी सूची तयार पारेको छ। साथै, नयाँ गन्तव्यहरू पहिचान गरी तिनीहरूको पूर्वाधार विकासका लागि योजना अघि बढाइएको जनाइएको छ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पर्यटन वर्षलाई सफल बनाउन सबै पक्षलाई आ-आफ्नो भूमिकामा सक्रिय हुन अपिल गरेका छन्। यसै अवसरमा नेपाल न्यूज बैंकले कोशी प्रदेशका प्रमुख १० आकर्षक पर्यटकीय गन्तव्यहरू निम्न अनुसार सूचीबद्ध गरेको छ'

१. पाथीभरा, ताप्लेजुङ

चीन र भारत दुवैसँग सिमाना जोडिएको ताप्लेजुङको पाथीभरा मन्दिर हिन्दू धर्मावलम्बीहरूको महत्वपूर्ण तीर्थस्थल हो। ३,७९४ मिटर उचाइमा रहेको यस गन्तव्यसम्म मेची राजमार्ग हुँदै सवारी र त्यसपछि केही घण्टाको पैदलयात्राबाट पुग्न सकिन्छ।

२. हलेसी, खोटाङ

हिन्दू, बौद्ध र किरात धर्मालम्बीहरूको संगमस्थल हलेसी १,४४४ मिटरको उचाइमा छ। पूर्वको पशुपति भनेर चिनिने हलेसीमा वर्षेनी लाखौं श्रद्धालु पुग्ने गर्छन्।

३. बराहक्षेत्र, सुनसरी

तराईमै अवस्थित बराहक्षेत्र हिन्दूहरूको प्रमुख धार्मिक धाम हो। सप्तकोशी नदी, हरियाली जंगल, र खुवालुङ क्षेत्रको सौन्दर्यले यस गन्तव्यलाई झन आकर्षक बनाएको छ।

४. भेडेटार, धनकुटा

साँघुरीगढी गाउँपालिकामा पर्ने भेडेटार रमणीय दृश्य, स्काईवाक, नमस्ते झरना, भ्यू टावरलगायतका आकर्षणले भरिएको छ। राजधानी विराटनगरबाट ४३ किलोमिटर टाढा रहेको यो क्षेत्र शैक्षिक भ्रमणका लागि समेत उपयुक्त छ।

५. इलाम

चिया बगान, अन्तु डाँडा, सन्दकपुर, माईपोखरीलगायतका गन्तव्यले इलामलाई समृद्ध बनाएको छ। यहाँको हावापानी, अतिथि सत्कार र पूर्वाधारले पर्यटकलाई लोभ्याउने गर्छ।

६. साल्पा पोखरी, भोजपुर

३,४४३ मिटर उचाइमा अवस्थित साल्पा पोखरी हिन्दू, बौद्ध र किरात धर्मालम्बीहरूको आस्था केन्द्र हो। मुन्धुम ट्रेलसँग जोडिएको यो क्षेत्र ट्रेकिङ गन्तव्यका रूपमा समेत प्रसिद्ध हुँदै गएको छ।

७.नाम्चे बजार, सोलुखुम्बु

सगरमाथा क्षेत्रको प्रवेशद्वार मानिने नाम्चे बजार शेर्पा संस्कृति, हिमशृङ्खला र पदयात्राको अनुभवका लागि महत्वपूर्ण छ। सडक वा हवाईमार्गमार्फत यहाँ पुग्न सकिन्छ।

८. मुन्धुम ट्रेल

खोटाङ, भोजपुर र संखुवासभालाई जोड्ने यो ट्रेकिङ मार्ग किरात संस्कृति बुझ्न र पहाडी ग्रामिण परिवेश अनुभव गर्न उत्कृष्ट गन्तव्य हो।

९. बसन्तपुर, तेह्रथुम

गुराँसको राजधानी भनिने बसन्तपुर प्राकृतिक सौन्दर्य, फूलको अवलोकन र हावापानीको अनुभवका लागि उपयुक्त गन्तव्य हो।

१०. केचनाकवल, झापा

नेपालको सबैभन्दा होचो भूभाग केचनाकवल ९६० मिटर० कृषि पर्यटन र अवलोकनका लागि घुम्न योग्य स्थान हो।

कोशी प्रदेश सरकारले पर्यटन वर्ष सफल बनाउन सबै सरोकारवालाहरूसँग सहकार्य गर्दै विस्तृत योजना अघि बढाएको छ। पर्यटन पूर्वाधार, सेवा प्रवाह, प्रचारप्रसार र स्थानीय सहभागिता बढाउने रणनीति समेत तय भइसकेको छ।

कोशी प्रदेशको पर्यटन ...

धरान/कोशी प्रदेशका सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूमा ...

६४ वर्षीय युक्ति चौध ...

धरान/बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका ६४ वर्षीय ...

'अपरेशन सिन्दूर' शीर ...

काठमाडौं/  भारतीय सेनाले मे ७ मा पाकिस्तानका ...

चेक बाउन्ससम्बन्धी न ...

काठमाडौं/ चेक बाउन्ससम्बन्धी मुद्दामा अबदेखि सर्वसाधारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved