धरानको स्मार्ट बसपार्क: अन्तिम चरणमा, जेष्ठभित्र सञ्चालनमा आउने तयारी

  • वैशाख २१, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/धरान उपमहानगरपालिका–८ मा निर्माणाधीन धरान स्मार्ट बसपार्कको काम अन्तिम चरणमा पुगेको छ।

करिब एक बिघा सात कट्ठा क्षेत्रफलमा फैलिएको उक्त बसपार्कको हालसम्म ९८ प्रतिशत भौतिक र ९६ प्रतिशत वित्तीय प्रगति भएको धरान उपमहानगरपालिकाका इन्जिनियर प्रकाश शर्माले जानकारी दिनुभयो।

इन्जिनियर शर्माका अनुसार बसपार्क निर्माण संघीय सरकार र धरान उपमहानगरपालिकाको ५०-५० प्रतिशत साझेदारीमा भइरहेको हो।

निर्माण कार्यको जिम्मा ‘बिकोइ गीताञ्जली जेभी, दुहबी सुनसरी’लाई दिइएको छ, जसले रु २३ करोड १५ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको हो।

हालसम्म टर्मिनल भवन निर्माण सकिएको छ भने विद्युत् र पानीको लाइन विस्तारका साथै मार्बल, फल्स सिलिङ लगायतका फिनिसिङ कार्यहरू पनि सम्पन्न भइसकेका छन्।

बाह्य सडक निर्माण अन्तिम चरणमा रहेको र बसपार्कको अगाडि केही बाटो निर्माण कार्य जारी रहेको उपप्रमुख अइन्द्रविक्रम बेघाले जानकारी दिनुभयो।

बसपार्कको भुइँ तलामा करिब ३०० यात्रु अट्ने प्रतीक्षालय, टिकट काउन्टर, एटिएम बुथ, सिसीटिभी र सुरक्षा कक्ष, सार्वजनिक शौचालय, प्राथमिक उपचार कक्ष, मिनीमार्ट र यात्रु चढ्ने–ओर्लने गरी २२ अटो राख्न मिल्ने व्यवस्था गरिएको छ।

भवनको पहिलो तलामा धरान उपमहानगरपालिकाको आम्दानी प्रयोजनका लागि १८ वटा पसलको व्यवस्था गरिएको छ।

धरानमा लामो समयदेखि व्यवस्थित बसपार्क नहुँदा यात्रुहरूलाई सास्ती हुँदै आएको थियो। साँघुरो र अव्यवस्थित बसपार्कको विकल्पका रूपमा अत्याधुनिक सुविधा भएको स्मार्ट बसपार्क निर्माण गरिएको हो।

स्मार्ट बसपार्क सञ्चालनमा आएपछि यात्रुहरूलाई यात्रा गर्न सहज हुने अपेक्षा गरिएको छ।

इन्जिनियर शर्माका अनुसार सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी आउँदो जेष्ठ महिनाभित्र बसपार्क उपमहानगरलाई हस्तान्तरण गरिनेछ।

त्यसपछि केही व्यवस्थापनको काम सकिएपछि पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ।

रासस 

तरहरा इटहरी लायन्सको ...

इटहरी । तरहरा इटहरी लायन्स क्लबको अध्यक्षमा पवन अधिकारी ...

चटयाङले श्रीमान आइस ...

धरान । भोजपुर आमचौकमा एकै परिवारका तीन जनालाई चटयाङ लाग ...

प्रधानमन्त्रीलाई दवा ...

धरान/ नेपाल सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान ...

राष्ट्रिय नृत्य रिया ...

धरान/ धरानकी नृत्य कलाकार इचिङ्ग्सा लिम्बु राष्ट्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved