पेस्तोल निकालेर तर्साउने युवक समातिए, प्रहरीद्वारा अनुसन्धान जारी

  • वैशाख १९, २०८२
  • कोशीपत्र/संवाददाता
alt

 सुनसरी/ सुनसरीको हरिनगरा गाउँपालिका–७ मा विवादका क्रममा कटुवा पेस्तोल निकालेर तर्साउन खोज्ने युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका व्यक्ति २५ वर्षीय सजाद अन्सारी हुन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार अन्सारीले बिहीबार दिउँसो करिब ३ः३० बजेतिर स्थानीय सारिक जटसँग विवाद भएको बेला पेस्तोल देखाएर धम्क्याउने प्रयास गरेका थिए।

घटना थाहा पाउनासाथ प्रहरी चौकी घुस्की, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल बीओपी घुस्कीको संयुक्त टोली परिचालन गरिएको थियो। स्थानीयको सहयोगमा अन्सारीलाई कटुवा पेस्तोलसहित पक्राउ गरिएको खतिवडाले जानकारी दिए।

हाल अन्सारीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ। उनलाई हातहतियार खरखजना मुद्दामा कारबाही अघि बढाउने तयारी गरिएको छ।

पेस्तोल कहाँबाट ल्याइएको हो र दुई पक्षबीच के कारणले विवाद चर्कियो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मोटरसाइकलको ठक्करबाट ...

मोरङ/ मोरङको ग्रामथान गाउँपालिकामा मोटरसाइकलको ठक् ...

२८ किलो गाँजा र बियर ...

सुनसरी/ मोरङको जहदा गाउँपालिकामा सफारीभित्र लुकाएर ल्या ...

मलद्वारमा लुकाएर ल्य ...

सुनसरी/लागूऔषध लुकाएर ओसारपसार गरेको आशंकामा सुनसरीको इ ...

घरको भान्सा कोठाको स ...

सुनसरी/सुनसरीको बराहक्षेत्रमा घरभित्र लुकाएर राखिएको एक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved