पेस्तोल निकालेर तर्साउने युवक समातिए, प्रहरीद्वारा अनुसन्धान जारी

  • वैशाख १९, २०८२
  • कोशीपत्र/संवाददाता
alt

 सुनसरी/ सुनसरीको हरिनगरा गाउँपालिका–७ मा विवादका क्रममा कटुवा पेस्तोल निकालेर तर्साउन खोज्ने युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका व्यक्ति २५ वर्षीय सजाद अन्सारी हुन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार अन्सारीले बिहीबार दिउँसो करिब ३ः३० बजेतिर स्थानीय सारिक जटसँग विवाद भएको बेला पेस्तोल देखाएर धम्क्याउने प्रयास गरेका थिए।

घटना थाहा पाउनासाथ प्रहरी चौकी घुस्की, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल बीओपी घुस्कीको संयुक्त टोली परिचालन गरिएको थियो। स्थानीयको सहयोगमा अन्सारीलाई कटुवा पेस्तोलसहित पक्राउ गरिएको खतिवडाले जानकारी दिए।

हाल अन्सारीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ। उनलाई हातहतियार खरखजना मुद्दामा कारबाही अघि बढाउने तयारी गरिएको छ।

पेस्तोल कहाँबाट ल्याइएको हो र दुई पक्षबीच के कारणले विवाद चर्कियो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved