सुुनाखरी एकेडेमीद्वारा कराँते र फाइट नाइटमा विजयी विद्यार्थीहरू सम्मानित

  • वैशाख १९, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान-१२ स्थित चातरालाइनमा रहेको सुुनाखरी एकेडेमीले कराँते र धरान फाइट नाइटमा उत्कृष्ट प्रदर्शन गरेका आफ्ना विद्यार्थीहरूलाई विशेष समारोहबीच सम्मान गरेको छ।

विद्यालय परिसरमा बुधबार आयोजित कार्यक्रममार्फत विद्यालयले प्रतियोगितामा सफलता हासिल गर्ने विद्यार्थीहरूको योगदानको कदर गर्दै सम्मान प्रदान गरेको हो।

विद्यालयका प्रिन्सिपल मिलनकुमार राईका अनुसार कक्षा ११ मा अध्ययनरत सलिना जोगीलाई काठमाडौँमा वैशाख ११ देखि १३ गतेसम्म सम्पन्न ‘प्रथम शेरबहादुर देउवा कप कराँते प्रतियोगिता–२०८२’ मा तेस्रो स्थान हासिल गरेबापत सम्मान गरिएको हो।

त्यसैगरी, कक्षा ८ मा अध्ययनरत नावाङ राईलाई धरानमै वैशाख १२ गते सम्पन्न राष्ट्रियस्तरीय ‘धरान फाइट नाइट–२०२५’ अन्तर्गत जुनियर तर्फको आइबीए एम्याचर बक्सिङमा विजेता बनेको उपलक्ष्यमा सम्मान गरिएको हो।

उनीहरूलाई प्रिन्सिपल मिलनकुमार राई, निर्देशक प्रदीपकुमार राई र प्लस टु संयोजक तापकुमार राईले खादा, अबिर र प्रमाणपत्र प्रदान गर्दै सम्मान गरेका थिए।

गुणस्तरीय शिक्षाको पहिचान बनाइसकेको सुुनाखरी एकेडेमी हाल धरान क्षेत्रका विभिन्न अतिरिक्त क्रियाकलापमा समेत अग्रणी बन्दै गएको छ।

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved