धरानमा भव्य रूपमा परशुराम जयन्ती मनाइयो

  • वैशाख १७, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/  हिन्दू धर्मका छैठौं अवतार भगवान परशुरामको जन्म जयन्ती धरानमा भव्य रूपमा मनाइएको छ।

समाजमा व्याप्त विकृति, विसंगति र अन्यायविरुद्ध आवाज उठाउने परशुरामको योगदान स्मरण गर्दै शोभायात्रा, सभात्मक कार्यक्रम र सम्मानसहित जयन्ती मनाइएको हो।

वैशाख शुक्ल तृतीयाको दिन परशुरामको जन्म भएको विश्वास गरिन्छ। राजा प्रसेनजितकी छोरी रेणुका र ऋषि जमदग्निबाट जन्मिएका परशुरामको स्मृतिमा धरानमा विगत दुई वर्षदेखि परशुराम जयन्ती धुमधामसाथ मनाइँदै आएको छ।

भगवान परशुराम समाज, सुनसरी–धरान गठन भएपछि यो परम्परा थप संस्थागत रूपमा अघि बढाइएको हो।

यस वर्षको जयन्तीको अवसरमा बिहान व्यानरसहितको शोभायात्रा निकालिएको थियो। शोभायात्राले धरान बजार परिक्रमापछि धरान–१ मा रहेको सुनसरी उद्योग वाणिज्य संघको हलमा गई सभामा रुपान्तरण भएको थियो।

कार्यक्रममा बोल्दै वृन्दावन गौशाला इटहरीका संरक्षक दिनबन्धु शास्त्रीले भगवान परशुरामको शिक्षालाई समाजले आत्मसात गर्नुपर्नेमा जोड दिए।

“आजको समाजमा बढ्दो डाह, इर्ष्या र असल मूल्यको अभावलाई परशुरामको आदर्शले सुधार गर्न सक्छ,” उनले भने।

भगवान परशुराम समाज, सुनसरी–धरानका अध्यक्ष जयप्रकाश शर्माले सामाजिक ऐक्य, धार्मिक सहिष्णुता र विकृति विरुद्धको दृढताको सन्देश दिनुपर्ने आवश्यकता औंल्याए। उनले

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved