दौरा सुरुवालमै लन्डन म्याराथुन दौडेर गिनिज वर्ल्ड रेकर्ड!

  • वैशाख १७, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ धरानका सन्तोष राईले नेपाली राष्ट्रिय पोशाक दौरा सुरुवालमै लन्डन म्याराथुन २०२५ पुरा गर्दै गिनिज वर्ल्ड रेकर्ड राख्न सफल भएका छन्।

लन्डनमा सम्पन्न विश्वकै प्रतिष्ठित म्याराथुनमा उनले २ घण्टा ५९ मिनेट ४७ सेकेन्डमा दौड पूरा गर्दै इतिहास रचेका हुन्।

राई धरान रन समूह र नेपाल रन यूके का संस्थापक हुन्।

हाल सपरिवार युकेमा बसोबास गरिरहेका राईले गिनिज रेकर्डको प्रयाससहित नेपाली संस्कृति र पहिचानलाई विश्वमञ्चमा पुर्‍याउने उद्देश्य राखेर दौडमा सहभागिता जनाएका थिए।

उनको सन्देश स्पष्ट छ – "खेलमार्फत नेपाली संस्कृति विश्वलाई देखाऔं।"

यस अभियानमार्फत उनले जुम्लामा निर्माणाधीन ‘हाई अल्टिच्युड ट्रेनिङ क्याम्प’ का लागि च्यारिटी कोष संकलन समेत गरेका छन्।

लन्डन म्याराथुनमा यसपालि ९ लाखमध्ये ५६ हजार मात्र छनोट भएका थिए। तीमध्ये करिब १ सय नेपाली सहभागी थिए – तर गिनिज वर्ल्ड रेकर्ड बनाउने गौरव सन्तोष राईले मात्र पाए।

धरान रन समूहले राईको कीर्तिमानी सफलतामा हर्ष व्यक्त गर्दै फेसबुकमार्फत लेखेको छ –

“दौरा सुरुवालमा लन्डन म्याराथुन दौडेर सन्तोष राईले नेपाली पहिचान अन्तर्राष्ट्रिय स्तरमा चम्काएका छन्, हामी गर्वित छौं।”

राईले स्वास्थ्यप्रति सचेतना फैलाउन ‘रोग लाग्नु अघि सचेत बनौं’ भन्ने उद्देश्यले धरान रन स्थापना गरेका थिए। हरेक शनिबार धरान–८ यलम्बर सामुदायिक वनमा दौड आयोजना हुँदै आएको छ।

साथै, ‘धरान १०K नेवा च्यारिटी रन’ नेपालकै ठूलो च्यारिटी रनमध्ये एक बनेको छ, जसबाट संकलित रकम गरीब तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्तिमा प्रयोग हुँदै आएको छ।

सन्तोष राईको दौडले देखायो —

दौरा सुरुवालको डगमा पनि विश्व जित्न सकिन्छ!

 

 

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved