नियमित पठनपाठन सुरु गर्न स्थानीय तहको आग्रह भगीरथ भण्डारी

  • वैशाख १७, २०८२
  • कोशीपत्र/संवाददाता
alt

इलाम/ विद्यालय शिक्षा ऐन जारीको माग गर्दै शिक्षकहरूले काठमाडौँ केन्द्रित आन्दोलन गरेको मङ्गलवार २८ दिन वितेकोे छ ।

सरकारले नेपाल शिक्षक महासङ्घको वार्ता टोलीसँग संवाद गरिरहे पनि निष्कर्षमा पुग्न सकेको छैन । यता अभिभावकको दबाबमा इलाममा केही सामुदायिक विद्यालय खुल्न थाले पनि पढाई हुन सकेको छैन । तर इलामका स्थानीय तहले भने तत्काल पठन पाठन सुरु गर्न अल्टिमेटम दिएका छन् ।

इलामका स्थानीय तहले विज्ञप्ति जारी गर्दे पठन पाठन सुरु गर्न अल्टिमेटम दिएका हुन । मङ्गलवार जिल्लाको फाकफोकथुम, माङसेबुङ गाउँपालिका र माई नगरपालिकाले वैशाख १७ बाट पठनपाठन सुरु गर्ने अनुरोध गरेको छ । चुलाचुली गाउँपालिका र इलाम नगरपालिकाले एक दिन अघि नै पठनपाठन सुरु गर्न आग्रह गरेको थियो ।

चुलाचुली गाउँपालिकाले १६ गतेबाटै पठन पाठन सुरु गर्न आग्रह गरेको थियो भने अन्य पालिकाले १७ गतेबाट पठन पाठन सुरु गर्ने आदेश दिएका छन् ।

फाकफोकथुम गाउँपालिकाले शिक्षकहरूको आन्दोलनका कारण सामुदायिक विद्यालय बन्द हुँदा बालबालिकाको पठन पाठनमा मात्र हैन उनीहरूमा मनोवैज्ञानिक असर समेत पर्ने भएको हुँदा बालबालिकाहरूको पढ्न पाउने अधिकारको सम्मान गर्दै आफ्नो कर्तव्य निर्वाह गर्न शिक्षकहरूलाई अनुरोध गरेको छ ।

गाउँपालिका अध्यक्ष दीपेन्द्र खनालको हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ ‘त्यसै त सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर कमजोर रहेको अवस्थामा लामो समयसम्म विद्यालय बन्द रहँदा आगामी दिनमा झन् कमजोर रहने देखिएको हुँदा वैशाख १७ बाट पठनपाठन सञ्चालन गर्न अनुरोध छ ।’

त्यस्तै माङसेबुङ गाउँपालिकाले पनि बालबालिकाको मनोवैज्ञानिक असर पर्ने र गुणस्तर झन् बिग्रने भएको हुँदा भर्ना अभियान सञ्चालन गर्न र पठन पाठन नियमित सञ्चालन गर्न आग्रह गर्दै पालिका अध्यक्ष हेमन्त राईको हस्ताक्षरमा विज्ञप्ति जारी गरेका छन् ।

जिल्लाको माई नगरपालिकाले पनि वैशाख १७ गतेबाट भर्ना अभियान र नियमित पठनपाठन सञ्चालन गर्न पालिका प्रमुख खम्बा सिंह लिम्बुले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ ।

यता इलाम नगरपालिकाले शैक्षिक कार्यक्रम अघि बढाउन आग्रह गरेको छ ।

नगर प्रमुख केदार थापाले विज्ञप्ति जारी गर्दै यस आन्दोलनका कारण समग्र देश भरिको विद्यालयहरूमा शैक्षिक सत्र २०८२ को विद्यालय भर्ना, कक्षा सञ्चालन तथा परीक्षा लगायतका गतिविधिहरू प्रभावित भएको र समयमा विद्यालयहरूमा विद्यार्थी भर्ना नभएका कारण विद्यार्थीहरूको मनोविज्ञानमा समेत असर परिरहेको साथै अभिभावकहरू समेत गम्भीर र संवेदनशील भएको विद्यमान अवस्था र शिक्षा ऐनमार्फत शिक्षकहरूको माग पूरा गर्ने सन्दर्भमा वार्ता समेत भइरहेकोले विद्यार्थी भर्ना र परीक्षालाई कति पनि असर नहुने गरी आफ्नो वार्षिक शैक्षिक कार्यक्रमलाई अगाडि बढाउन आग्रह गरेको छ ।

जिल्लामा केही सामुदायिक विद्यालयमा भने विद्यार्थी भर्ना र किताब वितरण भइरहेको छ ।

विगतमा सरकार र महासङ्घबिच भएका सहमति अनुसार विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग शिक्षकहरूको छ ।

शिक्षक आन्दोलनका कारण विद्यार्थी भर्ना अभियान, एसइई परीक्षा उत्तर पुस्तिका परीक्षण, कक्षा १२ को परीक्षा प्रभावित बनेको छ ।

कोशी प्रदेशको पर्यटन ...

धरान/कोशी प्रदेशका सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूमा ...

६४ वर्षीय युक्ति चौध ...

धरान/बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका ६४ वर्षीय ...

'अपरेशन सिन्दूर' शीर ...

काठमाडौं/  भारतीय सेनाले मे ७ मा पाकिस्तानका ...

चेक बाउन्ससम्बन्धी न ...

काठमाडौं/ चेक बाउन्ससम्बन्धी मुद्दामा अबदेखि सर्वसाधारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved