प्रतिष्ठानमा राष्ट्रि«य स्तरको अग्नाशय क्यान्सरको सम्मेलन

  • वैशाख १६, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा अग्नाशयमा हुने क्यान्सरसम्बन्धी एकदिने राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ।

सम्मेलन २०८१ सालको चैत्र २२ गते प्रतिष्ठानको अडिटोरियम हलमा सम्पन्न भएको हो।

ग्याष्ट्रो–इन्टेस्टाइनल सर्जरी विभाग, इन्टर्नल मेडिसिन विभाग तथा ग्याष्ट्रो–इन्टेरोलोजी एण्ड हेपाटोलोजी विभागको संयुक्त आयोजनामा सम्पन्न उक्त सम्मेलनमा देशभरका एक सयभन्दा बढी क्यान्सर विशेषज्ञ, सर्जन, रेडिएसन तथा मेडिकल अन्कोलोजिष्टहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

सम्मेलनको उद्घाटन प्रतिष्ठानका डीन प्रा.डा. शिवेन्द्र झाले पानसमा बत्ती बालेर गर्नु भएको थियो। स्वागत मन्तव्य इन्टर्नल मेडिसिन विभागका प्रमुख प्रा.डा. रोबिन मास्के र सर्जरी विभाग प्रमुख प्रा.डा. सुरेश प्रसाद साहले दिएका थिए।

चार सत्रमा विभाजन गरिएको सम्मेलनमा अग्नाशय क्यान्सरको शल्यक्रिया, नवीन उपचार पद्धति, रेडियोथेरापी र किमोथेरापीको समन्वय लगायतका विषयमा विभिन्न विशेषज्ञहरूले प्रस्तुति दिएका थिए।

सम्मेलनमा प्रमुख वक्ताका रूपमा काठमाडौं मेडिकल कलेज, चितवन मेडिकल कलेज, विराट मेडिकल कलेज, पूर्वाञ्चल क्यान्सर अस्पताल लगायतका संस्थाबाट विशेषज्ञ चिकित्सकहरूले कार्यपत्र प्रस्तुत गरेका थिए।

अन्तिम सत्रमा प्यानल डिस्कसनको आयोजना गरिएको थियो। “प्यान्क्रियाटिक क्यान्सरको समग्र उपचार रणनीति” विषयमा भएको छलफलमा काठमाडौंका प्रा.डा. मुकुन्दराज जोशी, डा. विवेक घोष, डा. आलोक ठाकुर लगायतका विशिष्ट विशेषज्ञहरूले सहभागिता जनाएका थिए।

सम्मेलनको समापन सत्रमा डा. सोनिया दुलाल र डा. कुणाल विक्रम देवले समापन मन्तव्य दिँदै सम्मेलनका प्रमुख निष्कर्षहरू प्रस्तुत गरेका थिए। सहभागीहरूलाई प्रमाणपत्र वितरणसँगै सीएमई क्रेडिट पनि प्रदान गरिएको थियो।

प्रतिष्ठानका प्रवक्ता प्रा.डा. अन्जु प्रधानका अनुसार यो सम्मेलनले अग्नाशय क्यान्सरको उपचारमा समन्वयात्मक र बहु–आयामिक दृष्टिकोणको विकासमा सघाउ पुग्ने अपेक्षा गरिएको छ।प्रतिष्ठानका सर्जन डा. अभिजीत कुमार तथा मेडिकल अन्कोलोजिष्ट डा. सोनिया दुलालको सभापतित्वमा सम्पन्न उक्त डिस्कसन कार्यक्रममा काठमाडौंबाट प्रा.डा. मुकुद राज जोशी, रेडिएसन अन्कोलोजिष्ट डा. विवेक घोष, मेडिकल अन्कोलोजिष्ट डा. आलोक ठाकुर प्रतिष्ठानको सर्जरी विभागका प्रा.डा. राकेश कुमार गुप्ता, प्याथोलोजी विभागकी प्रा.डा. अन्जु प्रधान, रेडियोलोजी विभागका डा. करुण देवकोटा तथा मेडिसिन विभागका मेडिकल अन्कोलोजिष्ट डा. राजिव शर्माको सहभागिता रहेको थियो ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved