धरानमा 'आरा धरान' इतिहास बोल्ने नयाँ पर्यटकीय गन्तव्य

  • चैत २७, २०८१
  • कोशीपत्र/संवाददाता
alt

 सुनसरी/  धरानको पहिचान झल्काउने नयाँ संरचना"आरा धरान" ले अहिले पर्यटकहरूलाई तान्न थालेको छ।

मेयर हर्क साम्पाङको अगुवाइमा धरान–१३ र २० वडाको संगमस्थल सर्दु जलाधार क्षेत्र (पूर्वको ओसो पार्क) मा निर्माण गरिएको श्रमसंस्कृति पार्क अहिले चर्चामा छ।

पार्कभित्र इतिहास बोकेको ‘आरा धरान’ स्तम्भ, दिदीबहिनी पार्क र श्रमसंस्कृति झल्काउने संरचनाले सबैको ध्यान खिचेको छ।

विशेष गरी “धरान” नामको उत्पत्तिबारे जानकारी नहुने धेरैका लागि यो पार्क एउटा पाठशालासरह बनेको छ।

कलाकार रोजन राईका अनुसार—“घना जंगल फडानी गरेर काठ चिर्ने आरावालाहरुले बनाएको ‘धराप’ नै पछि ‘धरान’ नाममा परिणत भएको हो।” त्यही ऐतिहासिक सन्दर्भलाई जीवन्त बनाउन काठबाट निर्मित आरा धरानको सम्पूर्ण संरचना बनाइएको छ।

फलैचा, धारा, घेराबारा, सबैकुरा काठकै।

स्थानीय बासिन्दा मात्र होइन, बाह्य पर्यटक पनि यो नयाँ संरचना देखेर चकित छन्। तेह्रथुमबाट आएका पर्यटक हिमाल राई भन्छन्—“एक समयको सुनसान बगरमा यति सुन्दर पार्क बन्नु आफैंमा चमत्कार हो।”

यसअघि ओसो पार्कको नाममा परिचित रहेकाले, अहिले ‘श्रमसंस्कृति पार्क’ को नयाँ परिचयले धरानको पहिचान फेरिएको छ।

पार्कको बीच भागमा दुई दिदीबहिनीको शालिक र माथिल्लो हिस्सामा अवस्थित आरा धरानले यो स्थानलाई इतिहास र पर्यटनको संगम बनाएको छ।

धरानको पहिचान, इतिहास र श्रमसंस्कृतिलाई समेट्ने यो पार्क अब सेल्फी स्पट मात्र होइन, धरानको गर्विलो गाथा सुनाउने ठाउँ बन्दै गएको छ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved