महिलाका लागि धरानमा सीपमूलक प्याड उत्पादन तालिम

  • चैत २४, २०८१
  • कोशीपत्र/संवाददाता
alt -तस्बिर : कोले न्युज

धरान/ धरान उपमहानगरपालिका–१५ नं. वडामा महिलालाई लक्षित गर्दै सेनिटरी प्याड बनाउने सीपमूलक तालिम सम्पन्न गरिएको छ।

महिलाहरूलाई आत्मनिर्भर र घरेलु उद्यमी बनाउन स्थानीय सरकारले अघि सारेको यो प्रयासलाई महिलाहरूले सकारात्मक रूपमा लिएका छन्।

चैत १९ देखि २३ गतेसम्म सुनौलो महिला समाजको सहकार्यमा सञ्चालित पाँचदिने तालिममा वडाभित्रका २० जना महिलाहरूले सहभागिता जनाए।

तालिमको सहजीकरण डम्बरकुमारी मास्केले गर्नुभएको थियो, जो अपांग तथा असहाय वर्गका लागि विगतदेखि सीपमूलक तालिम दिँदै आउनु भएकी अनुभवी प्रशिक्षिका हुन्।

सुनौलो महिला समाजकी अध्यक्ष दिलकुमारी राईका अनुसार, “सेनिटरी प्याड सामान्य लागे पनि महिलाका लागि अत्यावश्यक सामग्री हो।

बजारमा पाइने प्याडमा केमिकल मिसावट हुने भएकाले धरानमै सुरक्षित उत्पादन गर्न तालिम सञ्चालन गरिएको हो।”

१५ नं. वडा अध्यक्ष नरेश इवारमले तालिमपश्चात उत्पादन गरिएका प्याडलाई बजारसम्म पुर्‍याउने जिम्मा वडा समितिले लिने प्रतिबद्धता जनाए।

कार्यक्रममा धरान उपमहानगरपालिकाकी कार्यपालिका सदस्य सिर्जना नेपाल, हातेमालो समूहकी अध्यक्ष लिला ढकाल, प्रगतिशील नौमति तथा पञ्जेबाजा समूहकी प्रतिनिधिहरू शिव हिरा राई, गीता पोखरेल र अम्बिका राईलगायतको उपस्थिति थियो।

उनीहरूले महिलाहरूलाई व्यवसायिक उत्पादनतर्फ अघि बढ्न हौसला दिँदै बाहिरबाट प्याड ल्याउनु नपर्ने वातावरण बनाउन आग्रह गरे।

धरानमा महिला लक्षित कार्यक्रमहरू भइरहँदा पनि सेनिटरी प्याड उत्पादन तालिम भने निकै कम हुने गरेको पृष्ठभूमिमा आयोजना गरिएको यो तालिमले सहभागी महिलाहरूमा आत्मविश्वास र व्यवसायिक सोच जागृत गराएको छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved