२० वर्षअघिको कर बक्यौताका नाममा पत्राचार, गल्ती स्वीकार

  • चैत २३, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ आन्तरिक राजस्व विभाग, काठमाडौँ–ललितपुरले २० वर्षअघिको नन–फाइलिङको नाममा व्यवसायीहरूलाई पठाएको पत्रप्रति विभागले गल्ती स्वीकार गरेको छ।

डिजिटल प्रणालीमार्फत २०६४ सालदेखि मात्रै राजस्व अभिलेख राख्न सुरु भए पनि ०५८ सालदेखिको कर बक्यौता देखाएर पत्र काटिएको विषयमा विभागले त्रुटि भएको स्पष्ट पारेको हो।

विभागीय प्रमुख मदन दाहालको उपस्थितिमा आन्तरिक राजस्व कार्यालय धरानका प्रमुख बुद्धिप्रसाद आचार्य, सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठ र स्थानीय व्यवसायीबीच भएको छलफलमा विभागले विगतको मेन्युअल सिस्टमको आधारमा पत्राचार गर्नु ‘प्रशासनिक गल्ती’ भएको औपचारिक रुपमा स्वीकारेको हो।

संघले हेल्प डेस्क स्थापना गरी करप्रति अन्योलमा परेका व्यवसायीहरूलाई जानकारी गराउँदै आएको छ। अध्यक्ष श्रेष्ठका अनुसार, कर क्लियरेन्स लिएर व्यवसाय नविकरण गरिरहेकाहरुलाई समेत पत्र पठाइनु नितान्त गलत भए पनि कर तिर्नुपर्छ भन्ने चेतना व्यवसायीमा फैलिनु सकारात्मक पक्ष हो।

तर, व्यवसायीहरूले संघले कर कार्यालयसँग समन्वय गर्न चासो नदेखाएको भन्दै गुनासो पोखेका छन्।

कर तिरेका व्यवसायीलाई समेत २० वर्षअघिको बक्यौता देखाएर पत्र काटिएपछि कतिपय व्यवसायी व्यवसाय बन्द गर्ने मनस्थितिमा पुगेका थिए।

सल्लाहकार कृष्ण अग्रवालले राज्य व्यवसायीका समस्या प्रती अनविज्ञ रहेको तर कर असुलीमा मात्र तदारुकता देखाएको टिप्पणी गर्दै भने, “नीतिगत अभावका कारण कर प्रशासन र व्यवसायीबीच विश्वासको संकट छ, जसले गर्दा यस्तो समस्या बारम्बार दोहोरिन्छ।”

आन्तरिक राजस्व कार्यालय धरानले नविकरण नगरेका व्यवसायीको डाटा नै नराखी १,१०० भन्दा बढी व्यवसायीलाई वडा कार्यालयमार्फत पत्र पठाएको भन्दै व्यवसायीहरू आक्रोशित थिए। तर, महानिर्देशक दाहाल स्वयं धरान पुगेर त्रुटि स्वीकार गरेपछि केही हदसम्म व्यवसायीको आक्रोश साम्य भएको छ।

महानिर्देशक दाहालले राजस्व कार्यालय धरानका प्रमुख आचार्यलाई तुरुन्त सुधार गर्न निर्देशन पनि दिएका छन्। विगतमा नियमित कर तिर्ने व्यवसायीलाई समेत पत्र काटिएकाले आचार्यको नियतमा प्रश्न उठाइएको थियो।

विभागको हस्तक्षेपपछि आन्दोलनको तयारी गरिरहेका व्यवसायीहरू केही सहज भएका छन्। उनीहरूले भविष्यमा यस्ता ‘कर आतंक’ नदोहोरियोस् भनेर विभागसँग स्थायी समाधानको माग पनि गरेका छन्।

धरान उपमहानगर बजेट ल ...

धरान/ स्थानीय पालिकाहरुले नयाँ आर्थिक बर्षको लागि ...

विजयपुर हस्पिटलमा ७१ ...

धरान/ धरान-१० स्थित विजयपुर हस्पिटलमा घुँडाको सघन ...

मनमोहनका विद्यार्थील ...

विराटनगर/ कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश ...

विराटनगर महानगरको ४ ...

विराटनगर/  विराटनगर महानगरपालिकाले आर्थिक वर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved