यस वर्षको एसइई परीक्षा चैत ७ देखि, पाँच लाख बढी विद्यार्थी सहभागी हुने

  • चैत ४, २०८१
  • कोशीपत्र/संवाददाता
alt -फाइल तस्बिर

भक्तपुर/  राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार चैत ७ गतेदेखि देशभर एकसाथ सुरु हुने एसइईका लागि प्रश्नपत्र, सिम्बोल नम्बर, उत्तरपुस्तिका तथा अन्य आवश्यक सामग्री सम्बन्धित जिल्लामा पठाइसकिएको छ।

गत वर्ष ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएकोमा यस वर्ष परीक्षार्थी संख्या ४९ हजार २८६ ले बढेर ५ लाख १४ हजार ७१ पुगेको छ। परीक्षाका लागि देशभर २,०७९ परीक्षा केन्द्र तोकिएको छ।

परीक्षा व्यवस्थापन र विशेष केन्द्रहरू

परीक्षामा १५० जना सम्म परीक्षार्थी भएको केन्द्रमा एक जना सहायक केन्द्राध्यक्ष तोकिनेछ भने प्रत्येक २० विद्यार्थीका लागि एक जना निरीक्षक रहनेछन्। ७५ जना भन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष रहने छैन।

यस वर्ष तीनवटा विशेष परीक्षा केन्द्र तोकिएका छन् – काठमाडौँ र दैलेखका कारागार तथा भक्तपुरको बाल सुधार गृह। साथै, कीर्तिपुरस्थित सफलता एचआईभी शिक्षा सदनबाट चार जना एचआईभी संक्रमित विद्यार्थीले परीक्षा दिने व्यवस्था गरिएको छ।

परीक्षा तालिका

परीक्षा बिहान ८ बजे सुरु भएर ११ बजेसम्म सञ्चालन हुनेछ।

  • चैत ७ – अनिवार्य अंग्रेजी, संस्कृत वेदविद्या श्रमको अनिवार्य संस्कृत, मदरसातर्फ अनिवार्य अरबी भाषा
  • चैत ८ – अनिवार्य नेपाली, गैरनेपाली विद्यार्थीहरूका लागि इलेक्टिभ इङ्ग्लिस
  • चैत १० – अनिवार्य गणित
  • चैत १२ – अनिवार्य विज्ञान तथा प्रविधि, संस्कृतका विभिन्न विषय
  • चैत १३ – अनिवार्य सामाजिक
  • चैत १४ – ऐच्छिक प्रथम
  • चैत १५ – ऐच्छिक द्वितीय

नतिजा र लक्ष्य

यस वर्ष पनि परीक्षाको नतिजा लेटर ग्रेडिङ प्रणालीमा सार्वजनिक गरिनेछ।

परीक्षा नियन्त्रण कार्यालयले उत्तीर्ण दर ७० प्रतिशत पुर्याउने लक्ष्य राखेको छ, जुन २०८० सालमा ४८ प्रतिशत मात्र थियो।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved