धरान फुटबल क्लबले बुढासुब्बा गोल्डकपको आयव्यय सार्वजनिक गर्यो

  • चैत ३, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान फुटबल क्लबले २५औं अन्तर्राष्ट्रिय बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको आयव्यय विवरण सार्वजनिक गरेको छ।

धरानको पूर्वी स्टार होटलमा आयोजित पत्रकार सम्मेलनमा क्लबका कोषाध्यक्ष धनबहादुर राईले प्रतियोगिताबाट ६ लाख ५९ हजार ५० रुपैयाँ नाफा रहेको जानकारी दिनुभयो।

क्लबको आयव्यय विवरण:

  • कुल आय: ६६ लाख ९९ हजार १५० रुपैयाँ
  • कुल खर्च: ६० लाख ४० हजार १०० रुपैयाँ
  • नाफा: ६ लाख ५९ हजार ५० रुपैयाँ

आयका स्रोतहरू:

  • स्थानीय सरकार धरान उपमहानगरपालिका
  • कोशी प्रदेश खेलकुद विकास बोर्ड
  • अन्य संघसंस्था
  • टिकट बिक्रीबाट संकलित रकम

खर्चका प्रमुख शीर्षकहरू:

  • नगद पुरस्कार
  • टिम व्यवस्थापन
  • प्रचारप्रसार
  • मैदान व्यवस्थापन
  • यातायात
  • अतिथि सत्कार
  • स्वयंसेवक तथा सुरक्षा खर्च
  • उद्घाटन तथा विविध खर्च

कोषाध्यक्ष राईका अनुसार अझै १५ लाख रुपैयाँ उठ्न बाँकी रहेको छ। जसमा:

  • अखिल नेपाल फुटबल संघ (एन्फा) बाट ५ लाख
  • राष्ट्रिय खेलकुद परिषदबाट ३ लाख
  • धरान उपमहानगरपालिकाका सबै वडाबाट ७ लाख

क्लबको भविष्य रणनीति

कार्यक्रममा क्लबका अध्यक्ष प्रताप तामाङले प्रतियोगिता सञ्चालन गर्न सधैं सहयोगमा निर्भर हुनुपर्ने बाध्यता रहेको भन्दै भविष्यमा व्यावसायिक क्लबको रूपमा अघि बढ्ने योजना रहेको बताउनुभयो।

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved