विराट गोल्डकप : आज सुदेवा दिल्ली र एपीएफबीच भिडन्त

  • फागुन २०, २०८१
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/  विराटनगरको सहिद रंगशालामा जारी विराट गोल्डकपमा आज भारतको सुदेवा दिल्ली फुटबल क्लब र नेपालकाे विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) बीच रोमाञ्चक भिडन्त हुँदैछ। खेल साँझ ६ः३० बजेबाट सुरु हुनेछ।

यसअघि, सोमबार राति सम्पन्न उद्घाटन खेलमा आयोजक मोरङ रिजाल एफएले भारतको  कोलकातालाई ३–२ गोल अन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरिसकेको छ।

प्रतियोगिताको क्वार्टरफाइनल खेल फागुन २१ गतेदेखि सुरु हुनेछ। पहिलो क्वार्टरफाइनल खेल त्रिभुवन आर्मी क्लब र उद्घाटन खेलको विजेता टिमबीच हुनेछ।

rr

दोस्रो क्वार्टरफाइनल खेल फागुन २२ गते हुनेछ। नेपाल पुलिस क्लबले ‘बाई’ पाएको छ, जसका कारण एपीएफ र सुदेवा दिल्लीबीचको विजेता टोलीले सेमिफाइनलमा पुलिससँग प्रतिस्पर्धा गर्नेछ।

अन्य क्वार्टरफाइनल खेलहरू:

  • फागुन २३ गते: मच्छिन्द्र क्लब र थ्री स्टार क्लब
  • फागुन २४ गते: चर्च ब्वाइज काठमाडौं र एनआरटी काठमाडौं

प्रतियोगिताका सेमिफाइनल खेलहरू फागुन २५ र २६ गते हुनेछ भने फाइनल खेल फागुन २८ गते सम्पन्न हुनेछ।

प्रतियोगिताको पुरस्कार राशि:

  • विजेता टोली : नगद ११ लाख रुपैयाँ र सिल्ड
  • उपविजेता टोली : नगद ५ लाख रुपैयाँ र सिल्ड
  • सर्वोत्कृष्ट खेलाडी : नगद ५१ हजार रुपैयाँ
  • उत्कृष्ट प्रशिक्षक र गोलरक्षक : जनही १५ हजार रुपैयाँ
  • सर्वाधिक गोलकर्ता : १५ हजार रुपैयाँ
  • म्यान अफ द म्याच : हरेक खेलमा नगद ११ हजार रुपैयाँ पुरस्कार दिइनेछ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved