प्रेम सम्बन्धपछि बलात्कारको मुद्धामा प्रहरी पक्राउ

  • फागुन १९, २०८१
  • कोशीपत्र/संवाददाता
alt

सिरहा/  सिराहामा एक प्रहरी जवान पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय लहानको मुद्दा शाखामा कार्यरत प्रहरी जवान नवीन यादव बलात्कार आरोपमा पक्राउ परेका हुन् ।

उनलाई फागुन १५ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्रवक्ता डिएसपी वीरेन्द्र पासवानले जानकारी दिए ।

‘महिलाले बलात्कार मुद्दामा उजुरी दिएपछि यादवलाई नियन्त्रणमा लिएका हौं,’ डिएसपी पासवानले भने, ‘विवाह गर्ने शर्तमा यौन सम्बन्ध राखेको र विवाह नगरेकाले बलात्कार आरोपमा उजुरी दर्ता भएको छ ।’

उनलाई जिल्ला अदालतबाट चार दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

प्रहरी जवान यादव विवाहित महिलासँग प्रेममा थिए।उनले ती महिलालाई ‘डिभोर्स’ गर्न लगाएर पछि विवाह गर्न अस्वीकार गरेको स्रोतले जनाएको छ । ती महिलालाई प्रहरी जवान यादवले लहानमा कोठा भाडामा लिएर राख्दै आएका थिए ।

अहिले उनलाई कोठाबाट समेत निकालिएको स्रोतले जनाएको छ । त्यसपछि महिलाले जबरजस्ती करणीको उजुरी दिएकी हुन् ।

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved