धरान १९ बास्केटबल: यलम्वर र झुनाज च्याम्पियन बिकास चाम्लिङ राई

  • फागुन १९, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/धरान १९ मा सम्पन्न महिला-पुरुष बास्केटबल प्रतियोगितामा महिला तर्फ यलम्वर क्लब र पुरुष तर्फ झुनाज फिटनेसले उपाधि जितेका छन्।

शनिबार भएको फाइनल खेलमा यलम्वर क्लबले रेड डेभिल्स क्लबलाई ३८–२४ को अन्तरले पराजित गर्दै उपाधि चुमेको हो।

पुरुष तर्फ झुनाज फिटनेसले आयोजक युवा जागृति क्लबलाई ६५–५८ को प्रतिस्पर्धात्मक खेलमा हरायो।

फाइनल खेलको स्कोर विवरण:

• महिला तर्फ:

• यलम्वर क्लब vs. रेड डेभिल्स क्लब

• क्वार्टर स्कोर: ४–७, ११–१, ७–५, १६–११

• पुरुष तर्फ:

• झुनाज फिटनेस vs. युवा जागृति क्लब

• क्वार्टर स्कोर: १३–९, १२–१५, २३–११, १७–२३

पुरस्कार राशि तथा एमभीपी घोषणा:

• महिला तर्फ

• विजेता: यलम्वर क्लब (नगद रु. ६,०००, ट्रफी, मेडल र प्रमाणपत्र)

• उपविजेता: रेड डेभिल्स क्लब (नगद रु. ३,०००, ट्रफी, मेडल र प्रमाणपत्र)

• मोस्ट भ्यालुएबल प्लेयर (एमभीपी): निवा चेम्जोङ (यलम्वर क्लब) – १६ अंक

• पुरुष तर्फ

• विजेता: झुनाज फिटनेस (नगद रु. १०,०००, ट्रफी, मेडल र प्रमाणपत्र)

• उपविजेता: युवा जागृति क्लब (नगद रु. ५,०००, ट्रफी, मेडल र प्रमाणपत्र)

• एमभीपी: सर्वोधन राई (झुनाज फिटनेस) – ३२ अंक

प्रतियोगितामा २१ टिमको सहभागिता

फागुन १४ देखि १७ गतेसम्म चलेको प्रतियोगितामा महिला तर्फ ७ टिम र पुरुष तर्फ १४ टिमले सहभागिता जनाएका थिए।

प्रतियोगिताका सम्पूर्ण खेल धरान-१९ स्थित हरियाली सामुदायिक वनको बास्केटबल कोर्टमा सम्पन्न भए।

पुरस्कार वितरण कार्यक्रम:

समापन समारोहमा प्रमुख अतिथि सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदी, प्रतियोगिता संयोजक रञ्जित लिम्बु, पूर्व महिला खेलाडी झुना राई, पूर्व राष्ट्रिय खेलाडी सुदन थापा, पूर्व बास्केटबल खेलाडी प्रशान्त थापा लगायतले पुरस्कार वितरण गरेका थिए।

प्रतियोगिता सुनसरी बास्केटबल संघको प्राविधिक सहयोगमा सम्पन्न भएको थियो।

IMG-20250301-WA0050 IMG-20250301-WA0040 IMG-20250301-WA0055

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved