धरान फिटनेस क्लब च्याम्पियनसिप: कोपिला, सोभा, सागर र विष्णु ओभरअल विजेता बिकास चाम्लिङ राई

  • फागुन १९, २०८१
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ धरान फिटनेस क्लबद्वारा आयोजित बेंचप्रेस च्याम्पियनसिप सम्पन्न, कोपिला, सोभा, सागर र विष्णु ओभरअल विजेता

धरान फिटनेस क्लबको आयोजनामा सम्पन्न पहिलो मेन्स एण्ड वुमेन्स स्ट्रेन्थ एण्ड इन्कलाइन बेंचप्रेस च्याम्पियनसिप २०८१ मा ओभरअल विजेताको उपाधि महिलातर्फ कोपिला गिरि र सोभा तामाङ तथा पुरुषतर्फ सागर टन्डन र विष्णु लामा ले जितेका छन्।

स्ट्रेन्थ लिफ्टिङतर्फ महिलामा कोपिला गिरिले १५० केजी र पुरुषतर्फ सागर टन्डनले ३९० केजी तौल उचालेर उपाधि जिते। जुनियर समूहका सागरले उच्च प्रदर्शन गरेका थिए।

इन्कलाइन बेंचप्रेसतर्फ महिलामा सोभा तामाङले १०२ केजी र पुरुषतर्फ सिनियर समूहका विष्णु लामाले २०९ केजी तौल उठाएर उपाधि चुमे।

ओभरअल विजेता बनेका चारै जनाले नगद रु. ५,०००, मेडल र प्रमाणपत्र प्राप्त गरे।

उनीहरूलाई बडिबिल्डिङ संघका केन्द्रीय सदस्य विक्रम लिम्बु, कोशी प्रदेश बडिबिल्डिङ संघका अध्यक्ष केशव श्रेष्ठ, लायन्स लिडर धीरज गुरुङ, लायन्स रेखा गुरुङ, बास्केटबल प्रशिक्षक विकास चाम्लिङ राई, तथा धरान फिटनेस क्लबका संचालकद्वय कविरभगत प्रधानाङ्ग र कृति श्रेष्ठ लगायतले पुरस्कार वितरण गरे।

तौल समूहका विजेता तथा उपविजेता ५४ खेलाडीलाई धरान फिटनेस क्लबले ३ महिना, २ महिना र १ महिना निःशुल्क छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ।

दिवंगत राजभगत प्रधानाङ्गको स्मृतिमा आयोजना

धरान ७ स्थित धरान फिटनेस क्लबका संस्थापक तथा पूर्व अन्तर्राष्ट्रिय निर्णायक दिवंगत राजभगत प्रधानाङ्गको स्मृति तथा सम्मानमा प्रतियोगिता आयोजना गरिएको हो। क्लबका खेलाडीहरूका लागि मात्र सीमित प्रतियोगितामा ६७ जना खेलाडीको सहभागिता थियो।

प्रतियोगिता फागुन १६ देखि १८ गतेसम्म धरान फिटनेस क्लबको हलमा सम्पन्न भएको थियो।

उमेर समूहअनुसार जुनियर (१५-२५ वर्ष), सिनियर (२५-४० वर्ष), मास्टर वान (४०-५० वर्ष) र मास्टर टु (५०-६० वर्ष) समूहमा विभाजन गरिएको थियो।

दिवंगत राजभगत प्रधानाङ्ग धरान फिटनेस क्लबका संचालक कविरभगत प्रधानाङ्गका पिता हुन्।

 

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved