वराहक्षेत्र मेयर लिग : वडा नं ९ र ८ बराबरी, वडा नं १० नकआउटमा संगम बिष्ट

  • फागुन १८, २०८१
  • कोशीपत्र/संवाददाता
alt

चतरा/वराहक्षेत्र नगरपालिकामा जारी तेस्रो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता अन्तर्गत आइतवार सम्पन्न खेलमा वडा नम्बर ८ र वडा नम्बर ९ बीचको प्रतिस्पर्धा बराबरीमा टुंगिएको छ। निर्धारित समय र अतिरिक्त समयमा दुवै टोलीले गोल गर्न नसक्दा १-१ अंक बाँड्नुपरेको थियो।

वडा नम्बर ९ ले तीन खेलमध्ये एक जित र दुई बराबरीको नतिजासहित ५ अंक जोड्दै समूह चरणबाट दोस्रो स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गर्यो। त्यस्तै, तीन खेलमध्ये एक जित, एक बराबरी र एक हार बेहोरेको वडा नम्बर ८ ले ४ अंक जोड्दै समूह ‘ए’ बाट तेस्रो स्थान हासिल गर्दै नकआउट चरणमा स्थान बनायो। यस समूहबाट पहिलो संस्करणको विजेता वडा नम्बर ३ समूह विजेता बन्दै अगाडि बढिसकेको छ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका वडा नम्बर ८ का गोलरक्षक निशान रायमाझी ‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद २ हजार १ सय रुपैयाँसहित ट्रफी प्राप्त गरे।

वडा नम्बर १० को पहिलो जित, वडा नम्बर ६ प्रतियोगिताबाट बाहिरियो

आइतवार नै सम्पन्न दोस्रो खेलमा वडा नम्बर १० ले वडा नम्बर ६ लाई ३-१ को अन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको छ। यसअघि दुई खेलमा पराजित वडा नम्बर १० ले यो जितसँगै ३ अंक जोड्दै नकआउट चरणमा स्थान बनायो। लगातार तीन खेलमा हार बेहोरेको वडा नम्बर ६ भने अंकविहीन हुँदै समूह चरणबाटै बाहिरियो।

समूह ‘बी’ बाट ३ वटै खेल जित्दै वडा नम्बर ५ समूह विजेता बन्यो भने दुई जित र एक हारसहित साविक विजेता वडा नम्बर १ दोस्रो स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गर्यो।

खेलमा दुई गोल गरेका वडा नम्बर १० का सञ्जोक कार्की ‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद २ हजार १ सय रुपैयाँसहित ट्रफी प्राप्त गरे।

समूह ‘सी’ बाट ६ अंक जोड्दै वडा नम्बर २ विजेता तथा ३ अंक जोड्दै वडा नम्बर ४ दोस्रो हुँदै नकआउट चरणमा पुगिसकेका छन्।

मंगलबार पहिलो क्वाटरफाइनल

लिग फर्म्याटमा भइरहेको प्रतियोगिताअन्तर्गत मंगलबार नकआउट चरणको पहिलो क्वाटरफाइनल खेल समूह ‘ए’ विजेता वडा नम्बर ३ र समूह ‘बी’ तेस्रो टिम वडा नम्बर १० बीच हुनेछ।

नगर खेलकुद विकास समितिको आयोजनामा वराहक्षेत्र नगरपालिका वडा नम्बर ७, देवीघाटस्थित वसन्त ऋतु माध्यमिक विद्यालयको खेलमैदानमा जारी प्रतियोगिताले ‘खेलकुद हाम्रो सान, खेलाडी उत्पादन गर्ने हाम्रो अभियान’ भन्ने नारालाई आत्मसात् गरेको छ।

 

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved