क्लोथ फाउन्डेशनद्वारा धरान ५ मा कपडा वितरण

  • फागुन १८, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ कलोथ फाउन्डेशन नेपालले धरान उपमहानगरपालिका वडा नं. ५ मा पुगेर न्यानो कपडा वितरण गरेको छ ।

फाउन्डेशनले स्थानीय सरकार ५ नं. वडा समितिसँग सहकार्य गरेर वडामा रहेका गरिब तथा असहायहरुलाई निःशुल्क कपडा वितरण गरेको हो ।

विगतमा समेत वडाका विपन्न परिवालाई विभिन्न ठाउँमा जाडोको कपडा वितरण गरेको्र क्लोथ फाउन्डेशनले वडाको आग्रहमा गरिब तथा असहायलाई कपडा वितरण गरेको हो ।

सो अवसरमा ७० जना जेष्ठ नागरिक महिलाहरुलाई लुंगी तथा अन्यलाई समेत जाडोको कपडा वितरण गरिएको क्लोथ फाउन्डेशनका अध्यक्ष विनय प्रधानले जानकारी दिए ।

वडामै पुगेर गरिब तथा असहायलाई कपडा वितरण गरेकोमा ५ नंं वडाका वडाध्यक्ष मनप्रसाद लिम्बुले फाउन्डेशनलाई धन्यवाद दिए । उनले आगामी दिनमा पनि यस्ता सहयोगहरु निरन्तर गर्न आग्रह गरे ।

उनले धरान उपमहानगरपालिका वडा नं. ५ मा अति विपन्न परिवारको बसोबास रहेका कारण यहाँका बालबालिकालाई अध्ययन गर्न असहज हुने, स्वास्थ्यमा पहुच नपुग्ने लगायतका समस्या भएको यस्ता सहयोगी हातहरुले यहाँका सर्वसाधारणलाई जीवनयापनमा सहज हुने बताए ।

क्लोथ फाउन्डेशनको कार्यको प्रशंसा गर्दै अन्य व्यक्ति तथा संघ संस्थाले समेत सहकार्य गर्ने गरेका छन् ।

विजयपुर अध्यात्मिक मञ्च धरानका अध्यक्ष एवम् व्यापारी व्यवसायी समाजसेवी पितरुमल अग्रवालले थोरै भएपनि सहयोग गर्न सकेकोमा यहाँका विपन्न वर्गलाई केही राहत मिलेको बताए ।

क्लोथ फाउन्डेशनले यस भन्दा अगाडि पनि स्थानीय सरकारमातहतका वडाहरुसँग समन्वय गरेर विभिन्न संघ संस्था तथा व्यक्तित्वहरुको सहयोगमा धरानका विभिन्न वडामा रहेका विपन्न परिवारलाई कपडा वितरण गर्दै आइरहेको छ ।

थोरै सहयोगले पनि समाजमा धेरै महत्व राख्छ भन्ने अभिप्रायले एक बर्ष अगाडि शुरु गरेको यो अभियानलाई अहिले पनि क्लोथ फाउन्डेशनले निरन्तता दिदै आएको छ ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved