अब सरकारी अस्पतालमा ‘औषधि छैन’ भन्न पाइँदैन : स्वास्थ्यमन्त्री पौडेल

  • फागुन १८, २०८१
  • कोशीपत्र/संवाददाता
alt

इलाम/  स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अब कुनै पनि सरकारी अस्पतालले ‘स्वास्थ्य बिमाको औषधि छैन’ भन्न नपाउने बताएका छन्।

आइतबार इलाम अस्पतालको अनुगमन गर्दै उनले स्वास्थ्य बिमा बोर्डले तोकेका औषधि अनिवार्य रूपमा उपलब्ध गराउनुपर्ने स्पष्ट गरे।

‘अब पनि औषधि छैन भन्नु गैरकानुनी हो’ – उनले भने।

स्वास्थ्य बिमा बोर्डले ९८ प्रकारका औषधि तोकेको छ। ती औषधिहरू अस्पतालमा अनिवार्य रूपमा राख्नुपर्नेमा मन्त्री पौडेलले जोड दिए। चिकित्सकले लेखेका औषधि नभएको भन्दै पन्छिने छुट अब कुनै पनि सरकारी अस्पताललाई नहुने उनले बताए।

चिकित्सकहरूका लागि कडा नियम लागू गरिँदै

इलाम अस्पतालका प्रमुख डा. प्रभु शाहले दरबन्दीअनुसार चिकित्सक नभएको गुनासो राखेका थिए।

यस विषयमा मन्त्री पौडेलले अब सरकारले खटाएकै स्थानमा चिकित्सक अनिवार्य रूपमा जानुपर्ने व्यवस्था लागू गर्न लागेको जानकारी गराए।

‘तराईका अस्पतालमा दरबन्दीभन्दा दोब्बर डाक्टर छन्, तर दुर्गम क्षेत्रमा अभाव छ। अब सरकारले जहाँ खटायो, त्यहीँ जानुपर्ने नियम लागू गर्छौं’ – उनले भने।

स्वास्थ्य बीमासम्बन्धी केही व्यवस्थापनमा समस्या रहेको स्वीकार्दै मन्त्री पौडेलले ती कमजोरी चाँडै सुधार गरिने बताए।

साथै, जिल्ला अस्पतालहरूको स्तरोन्नतिका लागि मन्त्रालयले आवश्यक प्रक्रिया अघि बढाउने उनको प्रतिबद्धता थियो।

बीपी प्रतिष्ठानका शि ...

धरान/  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष् ...

एम्स एकेडेमीको 'एसइई ...

धरान/ धरानस्थित प्रतिष्ठित शैक्षिक संस्था एम् ...

इटहरीमा लागू औषध ब्र ...

इटहरी/ सुनसरीको इटहरी उप–महानगरपालिका–५ स्थ ...

श्रमदाताले यौन दुव्र ...

धरान/ धरान उपमहानगरपालिका–१६ नौलोबस्तीस्थित बहुभा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved