वराहक्षेत्र मेयर लिग कप: वडा नं. २ र वडा नं. ९ विजयी संगम बिष्ट

  • फागुन १२, २०८१
  • कोशीपत्र/संवाददाता
alt

चतरा/वराहक्षेत्र नगरपालिकामा जारी तेस्रो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता अन्तर्गत सोमवार भएको पहिलो खेलमा वडा नं. २ विजयी भएको छ।

वडा नं. ११ लाई ७-१ को फराकिलो अन्तरले पराजित गर्दै वडा नं. २ ले प्रतियोगितामा तीन अङ्क जोड्न सफल भएको छ।

खेलमा ४ गोल गर्दै ह्याट्रिक पूरा गरेका वडा नं. २ का दीपेश तामाङ म्यान अफ द म्याच घोषित भए। उनले नगद २ हजार १ सय रुपैयाँसहित ट्रफी प्राप्त गरेका थिए।

त्यस्तै, सोमवार नै सम्पन्न दोस्रो खेलमा वडा नं. ९ ले प्रथम संस्करणको उपाधि विजेता वडा नं. ३ लाई १-० गोल अन्तरले पराजित गर्‍यो। जितसँगै वडा नं. ९ ले प्रतियोगितामा तीन अङ्क हासिल गरेको छ।

निर्णायक गोल गरेका वडा नं. ९ का सन्तोष श्रेष्ठ म्यान अफ द म्याच घोषित भए। उनले नगद २ हजार १ सय रुपैयाँसहित ट्रफी प्राप्त गरे।

लिग फर्म्याटमा सुरु भएको प्रतियोगिता अन्तर्गत मङ्गलवार पहिलो खेल वडा नं. ७ र वडा नं. ८ तथा दोस्रो खेल वडा नं. १ र वडा नं. ६ बीच हुनेछ।

नगर खेलकुद विकास समितिको आयोजनामा वराहक्षेत्र नगरपालिका वडा नं. ७, देविघाटस्थित वसन्त ऋतु माध्यमिक विद्यालयको खेलमैदानमा जारी प्रतियोगिता 'खेलकुद हाम्रो सान, खेलाडी उत्पादन गर्ने हाम्रो अभियान' भन्ने नाराका साथ सञ्चालन भइरहेको छ।

 

 

 

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved