यातायात मजदुरलाई जिम्मेवार बनाउन स्टिकर यातायातका साधनहरुमा स्टिर टाँसेर अभियानको थालनी

  • फागुन ११, २०८१
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर । बढ्दो सडक दुर्घटना न्युनिकरण गर्ने उदेश्यले तयार पारिएको स्टिकर आइतबार विराटनगर बसपार्कबाट सार्वजनिक गरिएको छ ।

yatayat  chalak laia 1
आइतबार कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी राजन अधिकारी र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई, नेपाल यातायात मजदुर संघका केन्द्रीय उपाध्यक्ष कमल राई, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय सदस्य राजन कँडेल लगायतका सरोकारवालाहरु सहितको उपस्थितिमा स्टिकर सार्वजनिक गरिएको हो ।

सडक सुरक्षा सचेतना जागरण अभियान सञ्चालन गरिरहेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र नेपाल यातायात मजदुर संघले माघ २७ गतेदेखि कोशी प्रदेशभरी अभियान सञ्चालन गरिरहेको छ ।अभियान अन्तर्गत आइतबार स्टिकर लोकार्पण गरिएसंगै विराटनगरबाट विभिन्न रुटमा सञ्चालन हुने सार्वजनिक यातायातका साधनहरुमा स्टिर टाँसेर अभियानको थालनी गरिएको हो ।

स्टिकरमा यातायात मजदुरलाई जिम्मेवार बनाउने उदेश्य म मादक पदार्थ तथा लागु औषध सेवन गरेर सवारीसाधन चलाउँदीन, लेन अनुशासनको पालना गर्छु, तिब्र गतिमा सवारीसाधन चलाउँदीन, जथाभावि सवारीसाधन पाकिङ गर्दिन, जथाभावि ओभरटेक गर्दिन, यात्रुहरुलाई पहिलो प्राथमिकता दिन्छु ट्राफिक नियमको पालना गर्छु’ लगायतका प्रतिबद्धताहरु रहेको संगठनका कोशी प्रदेश अध्यक्ष गौरी लामाले जानकारी गराए ।

कार्यक्रममा मोरङका प्रहरी प्रमुख एसपी नारायण चिमरीया, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थान कार्यालय सुनसरी, इटहरीका डिएसपी रामेश्वर त्वाती, नेपाल नेपाल ट्रेड युनियन महासंघ जिफण्ट कोशी अध्यक्ष किशोर धमला, नेपाल ट्रेड युनियन काँग्रेस मोरङका अध्यक्ष सुशिल कोइराला सहभागी रहनु भएको थियो।स्टिकर लोकापर्ण कार्यक्रम नेपाल यातायात स्वतन्त्र मजदुर संगठन मोरङ जिल्ला अध्यक्ष, उत्तम बन्जाराको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सञ्चालन नेपाल यातायात मजदुर संघका मोरङ अध्यक्ष बाबुराम कट्टेलले गरेका थिए ।

 

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved