धरानको बिजिनेश एक्स्पोमा आज गायक एकदेवको,“झिमझिमाउने आँखाले”

  • फागुन ६, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/“झिमझिमाउने आँखाले” बोलको गीत अहिल ग्लोबल टे«न्डिङमा परेको छ । युटुवमा यो गीतलाई २० मिलियन अर्थात २ करोडले हेरेका छन् ।

यही लोकप्रिय गीतका गायक एकदेव लिम्बू आज धरानमा जारी विजिनेश एक्स्पोमा प्रस्तुत हुने भएका छन् । लिम्बूले गाएको अर्को गीत शिरफूललाई युटुवमा ८ दशलव ६ मिलियन अर्थात ८६ लाख दर्शक स्रोताको भ्युज पाएकोछ ।  

युवा पुस्तामा लोकप्रिय तिनै पूर्वेली गायक एकदेव लिम्बू एक्स्पोमा एकल प्रस्तुति सहित प्रकट हुनेभएकाछन् । लिम्बूका अन्य गीतहरु फिजेको केशलाई दश मिलिएन अर्थात १ करोडले हरेका छन्, त्यस्तै आहै, तिम्रो मुटुमा लगायत दर्जनौ गीतहरु उतिकै रुचाइएका गीतहरु हुन् ।

धराने जनताको माग भए अनुसार एकदेव लिम्बूलाई निम्तो गरिएको सिल्भर इन्टरटेइनमेन्टका निर्देशक शौरभ श्रेष्ठले बताउनुभयो । लोक आधुनिक तथा पप फ्लेभरका गायक लिम्बूप्रति युवा क्रेजलाई ध्यानमा राखेर बोलाइएको श्रेष्ठले बताए । 

सांगीतिक दुनियाँमा पछिल्लो पुस्ताले मनपराएका गायक लिम्बू गायकीसंगै समाजसेवामा पनि उक्तिकै सक्रिय रहेकाछन् । केही समय अघिमात्रै अपाङ्गता भएकी एक युवतीको घरमै च्यारिटी कन्सर्ट गरेर उठेको रकम सहयोग गरेका थिए । 

धरानको व्यापार व्यवसायलाई चलायमान बनाउन र स्थानीय व्यापारिक उत्पादनलाई प्रवर्धन गर्दै धरानको आन्तरिक पर्यटनलाई वृद्धि गर्ने उदेश्य सहित विजिनेश एक्स्पो धरान २०८१ प्रारम्भ गरिएको नेपाल उद्योग तथा व्यवसायी महासंघ धरानका अध्यक्ष शिवराज श्रेष्ठले जानकारी गराउनुभयो । 

फागुन १० गतेसम्म सञ्चालन हुने एक्स्पोमा प्रत्येक दिन चर्चित कलाकारहरु प्रस्तुत गरिएको पनि श्रेष्ठले जानकारी गराउनुभयो ।

धरान उपमहानगर बजेट ल ...

धरान/ स्थानीय पालिकाहरुले नयाँ आर्थिक बर्षको लागि ...

विजयपुर हस्पिटलमा ७१ ...

धरान/ धरान-१० स्थित विजयपुर हस्पिटलमा घुँडाको सघन ...

मनमोहनका विद्यार्थील ...

विराटनगर/ कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश ...

विराटनगर महानगरको ४ ...

विराटनगर/  विराटनगर महानगरपालिकाले आर्थिक वर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved