दाताकै भरमा सञ्चालित विश्रान्ति मन्दिरमा शिव पुराणको आयोजना

  • फागुन ६, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ दाताहरुकै भरमा चलेको धनकुटाको मुलघाटस्थित विश्रान्ति शान्ति आश्रम (विश्रान्ती मन्दिर) विगतमा सहयोग गर्ने दाताहरुलाई एकै ठाउँ भेला गराएर सम्मान गर्ने भएको छ ।

आश्रमले पौष ४ शुरु भएको १५ दिने शिव महापुराण सञ्चालन को अवसर पारेर आश्रममा आर्थिक सहयोग गर्ने दाताहरुलाई सम्मान गर्ने भएको हो ।

वि.सं. २०४० सालबाट सञ्चालनमा आएको यो आश्रम दाताहरुकै भरमा सञ्चालन भएको सो आश्रम सबैतिरबाट सहयोग प्राप्त भएपनि सुनसरीका धरानबाट भने सम्पूर्ण सहयोगको ५० प्रतिशत सहयोग प्राप्त हुने आश्रमका महासचिव उत्तम घिमिरे बताउछन् ।

उनले ८/१० बर्षको अन्तरालमा यहाँ ठूलो कार्यक्रम हुने गरेको बताउदै यस बर्ष भने शिव पुराणको आयोजना गर्न लागिएको जानकारी दिए । उनले सोही अवसरमा दाताहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको जानकारी दिए ।

आश्रम सञ्चालन गर्न कठिनाई भए पनि दाताहरुले अहिलेसम्म पुर्‍याएको सहयोग अतुलनीय रहेको र भविष्यमा पनि अझ सहयोग बढ्दै जाने प्रवल सम्भावना बढेर गएकोले यो आश्रमलाई दीगो रुपमा सञ्चालन गर्ने अपेक्षा सञ्चालक समितिका पदाधिकारीहरुको छ ।

यो आश्रममा सहयोगी हातहरु ब्ढ्दै गएकोले सञ्चालनमा सहज भएका विद्याश्रम संस्कृत विद्यालयका प्रधानाचार्य दिनेशप्रसाद अधिकारीले जानकारी दिए ।

जगतगुरु बालसन्त महाराजबाट उद्घाटन भएको सो शिव महापुराणमा पिण्डेश्वर विद्या पीडका प्राध्यापक दिपकप्रसाद पराजुली, शिव पुराणका उपव्यास लगायतले शिव पुराणमा वाचन गरेका छन् ।

यो पुराणमा शिव भगवानको महत्वलाई दर्शाउदै विशेषत: सहयोगी दातालाई सम्मान गर्ने रहेको स्वामी विद्यानन्द सरस्वतीले जानकारी दिऐ ।
अहिले विश्रान्ति मन्दिरमा मन्दिर परिशरमा बृद्धाश्रम निर्माण गरी बृद्धबृद्धाहरूलाई आश्रय दिइ पालनपोषण गर्दै आएको छ ।

यस मन्दिरमा पूजापाठ गर्न धनकुटा जिल्ला र वाहिरबाट प्रति दिन धेरै मानिसहरू आउने गर्दछन् । यस मन्दिरमा विवाह, ब्रतवन्ध गर्ने प्रचलन बढीरहेको छ । मन्दिरले दाहसंस्कार, काजकृया, पितृकार्य आदिका लागि सहयोग तथा सुविधा प्रदान गर्दै आएको छ ।

यस मन्दिरमा शिवरात्रिका दिन विशेष हर्षोल्लासका साथ पूजा गरिन्छ र सो दिन यहाँ मेला लाग्दछ । अहिले यो मन्दिर धार्मिक तथा सांस्कृतिक गन्तव्य बन्दै गएको छ ।

बिजुलीको पोलमा ठोक्क ...

सुनसरी/ मोरङको मिक्लाजुङमा मोटरसाइकल दुर्घटनामा परेर एक ...

५ वर्ष कैद सजाय तोकि ...

सुनसरी/ इलाममा २२ वर्षअघि भएको ज्यान मुद्दामा दोषी ठहर ...

मोटरसाइकलमा लुकाएर ल ...

सुनसरी/ सुनसरीको देवानगञ्जमा मोटरसाइकलमा लुकाएर ल् ...

मोटरसाइकलको ठक्करबाट ...

मोरङ/ मोरङको ग्रामथान गाउँपालिकामा मोटरसाइकलको ठक् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved