धरानमा भिक्टोरीले डा. महावीरलाई भव्य सम्मान गर्यो(भिडियो सहित हेर्नुहोस् ) १२९ प्रति पुस्तक खरिद,विद्यार्थी र असहाय बालबालिका निःशुल्क वितरण गरिने

  • फागुन ५, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान । सोमबार नेपाली विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रमा क्रान्ति ल्याएका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक वैज्ञानिक डा. महावीर पुनलाई धरानमा भव्य स्वागत तथा सम्मान गरिएको छ।

 1 3

धरान ११,कल्याण चौकस्थित भिक्टोरी आवासीय माध्यमिक विद्यालय ले विशेष कार्यक्रम आयोजना गरी पुनलाई सम्मान गरेको हो।विद्यालयका डाइरेक्टर विनोद राईका अनुसार, विद्यालयका तर्फबाट पुनलाई सम्मान गर्दै उहाँको जीवनकथा समेटिएको पुस्तक ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’ को १२९ प्रति खरिद गरिएको बताउनु भयो ।    

विद्यालयका सन्चालक समितीका सदस्य एबम् श्री सुच्चा राई कल्याणकारी समाजका केन्द्रिय उपाध्यक्ष विनोश सुच्चा राईका अनुसार उक्त पुस्तक सामाजिक संघ संस्था,पुस्तक खरीद गर्न नसक्ने विद्यार्थी लगायत असहाय बालबालिकालाई निःशुल्क वितरण गर्ने योजना रहेको बताउनु भएको छ ।

2 4

वि.सं. २०११ साल माघ ९ गते म्याग्दी जिल्लाको नाङ्गी गाउँमा जन्मिएका डा. महावीर पुन प्रविधि, अनुसन्धान र सामाजिक उद्यमशीलतामा नेपालका अगुवा व्यक्ति हुनुहुन्छ। प्रारम्भिक शिक्षा गाउँमै पूरा गरेपछि उच्च अध्ययनका लागि चितवन गएका पुनले १२ वर्षसम्म शिक्षकका रूपमा काम गरे। त्यसपछि, अमेरिकाको नेब्रास्का विश्वविद्यालयबाट स्नातक गरी नेपाल फर्किएर दुर्गम गाउँहरूमा वायरलेस इन्टरनेटको पहुँच विस्तार गरे।

पुनले राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरी विज्ञान, प्रविधि, अनुसन्धान र नवप्रवर्तनलाई अघि बढाइरहनुभएको छ। हाल उहाँ वीरगन्जस्थित कृषि औजार कारखाना पुनः सञ्चालन अभियान मा संलग्न रहनुभएको छ। यही अभियानलाई सहयोग गर्न धरान आइपुगेका पुनलाई विद्यालयले पुस्तक खरिद गरेर आर्थिक सहयोग गरेको हो।

धरानकै एक उत्कृष्ट विद्यालयको रूपमा परिचित भिक्टोरी विद्यालय शिक्षाको गुणस्तर सुधार, प्रविधिमैत्री सिकाइ र नवप्रवर्तनलाई प्राथमिकतामा राख्दै आएको छ। विद्यालयले विज्ञान र प्रविधिलाई जोड दिँदै विद्यार्थीहरूलाई नवप्रवर्तनतर्फ आकर्षित गर्ने प्रयास गर्दै आएको छ। डा. पुनको अभियानलाई सहयोग गर्दै विद्यालयले उहाँद्वारा लिखित १२९ थान पुस्तक खरिद गरी सम्मान प्रकट गरेको हो ।

विद्यालयका डाइरेक्टर विनोद राईले वैज्ञानिक डा. महावीर पुनलाई सम्मान गर्दै उहाँको अभियानलाई सघाउन पुस्तक खरिद गरेर सम्मान गरेको बताउनु भयो । यसले विद्यार्थीहरूलाई उहाँको जीवन र विज्ञानप्रतिको समर्पणबारे जानकारी दिन सहयोग गर्छ।

डा. पुनले यसअघि पनि धरानका विभिन्न कार्यक्रमहरूमा सहभागिता जनाए पनि पहिलोपटक विद्यालयस्तरबाट यसरी भव्य सम्मान गरिएको हो। यस सम्मानले विद्यार्थीहरूमा वैज्ञानिक सोच, नवप्रवर्तनप्रति रुचि र सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धि गर्ने विश्वास गरिएको छ।

डा= पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्र नेपालमा प्रविधि, अनुसन्धान र नवप्रवर्तनमार्फत सामाजिक परिवर्तन ल्याउने अभियानमा निरन्तर सक्रिय छ। उहाँका अनुसार, नेपालको वैज्ञानिक तथा औद्योगिक विकासका लागि अनुसन्धान र आविष्कारलाई उच्च प्राथमिकता दिनुपर्छ।

यो सम्मान कार्यक्रमले धरानमा विज्ञान, प्रविधि र नवप्रवर्तनको सम्भावनाहरूलाई थप उजागर गरेको छ।

दोस्रो म्याद पनि सकि ...

बिर्तामोड/ झापाको बिर्तामोडदेखि सदरमुकाम चन्द्रगढी ...

परीक्षा सकिएको महिना ...

काठमाडौँ/करीब एक महिनासम्म चलेको शिक्षक आन्दोलनका कारण ...

कोशी प्रदेशको पर्यटन ...

धरान/कोशी प्रदेशका सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूमा ...

६४ वर्षीय युक्ति चौध ...

धरान/बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका ६४ वर्षीय ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved