सुनसरीका पत्रकारलाई निशुल्क दुर्घटना बिमा कोशी एक्सिलेन्स अवाडको भव्य तयारी

  • माघ २३, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान । इटहरीका पत्रकार पवन अधिकारीले सन्चालन गरेको प्रदेश खबर डट कमले दुई बर्ष पुरा गरि तेश्रो बर्षमा प्रवेश गर्दैछ ।
वार्षिक उत्सवको अवसरमा नयन एड्भरटाइजिङ प्रालिका अध्यक्ष रहेको अधिकारीले सन्चार क्षेत्रमा क्रियासीलहरुको सुनसरीका सञ्चारकर्मीहरूको निःशुल्क दुर्घटना बीमा गर्ने बताएका छन् ।

bimaaa

 

कोशी पत्रकारको कुराकानीमा सुनसरीका मिडिया हाउसमा कार्यरत रेहको पत्रकार,प्राविधिक लगायतको क्षेत्रमा काम गर्ने सन्चारकर्मीको निशुल्क रुपमा उक्त विमा गरिने बताएका छन् ।सञ्चारकर्मीहरूको सुरक्षा र हौसला अभिवृद्धि गर्ने उद्देश्यले निःशुल्क दुर्घटना बीमा गर्ने निर्णय बताए । दुई बर्ष अघि पनि यसरी विमा गरेर ती दुर्घटनामा परेका सन्चारकर्मीहरुको घरमा पुगेर विमा वापतको रकम हस्तान्तरण गर्दाको त्यो खुशी फेरी दिनको लागि दुर्घटना विमालाई निरन्तरता दिन लागिको पनि अधिकारीको भनाई छ ।

उक्त विमा प्राप्तीको निम्ति इच्छुक सञ्चारकर्मीहरूले अनिवार्य रूपमा नागरिकताको प्रतिलिपि, आबद्ध मिडिया हाउसको परिचयपत्र वा मिडिया हाउसको सिफारिस पत्र इमेल वा ह्वाट्सएप मार्फत पठाउनुपर्ने बताइएको छ ।

त्यसका लागि प्रदेश खबरको आधिकारिक इमेल [email protected] मा कागजात पठाउन सकिने छ ।बार्षिक उत्सवकै अवसरमा यही फागुन ७ गते ‘कोशी एक्सिलेन्स अवार्ड २०८१’ कार्यक्रम आयोजना गर्ने तयारी र त्यसको तयारी तीब्र रुपमा भइरहेको अध्यक्ष अधिकारीले बताए । उनका अनुसार उक्त कार्यक्रममा कोशी प्रदेशका विभिन्न क्षेत्रका उत्कृष्ट व्यक्तित्वहरूलाई सम्मान गरिने भएको हो भने कार्यक्रमको प्रमुख अतिथी संघीय सरकारका सभामुख देवराज घिमिरे रहने आयोजकले जनाएको छ ।

a
कोशी प्रदेशमा पहिलो पटक हुन लागेको यस प्रकारको कार्यक्रमलाई नयाँ र उपलव्धीमुलक हुने अपेक्षा गरिएको छ ।

विजयपुर हस्पिटलमा ७१ ...

धरान/ धरान-१० स्थित विजयपुर हस्पिटलमा घुँडाको सघन ...

मनमोहनका विद्यार्थील ...

विराटनगर/ कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश ...

विराटनगर महानगरको ४ ...

विराटनगर/  विराटनगर महानगरपालिकाले आर्थिक वर् ...

वीपी प्रतिष्ठानलाई छ ...

धरान/ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धर ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved