मेयर साम्पाङले उल्टै महासंघलाई धम्की प्रमाणित गर्न चुनौती दिए

  • माघ १५, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान । नेपाल पत्रकार महासंघले सोमबार नेपाल सरकारका गृहमन्त्री रमेशभ लेखकलाइ्र्र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ सहितलाई पत्रकारको ज्यान मार्ने धम्की विरुद्ध कार्वाही गर्नको लागि माग गर्दै ज्ञापन पत्र वुझाएको भोलीपल्ट अर्थात मंगलबार मेयर साम्पाङले नेपाल पत्रकार महासंघलाई पत्रकारलाई धम्की दिएको विषय प्रमाणित गर्न चुनौती दिएका छन्।

मेयर साम्पाङले मंगलबार विज्ञप्ति जारी गर्दै पत्रकारलाई धम्की दिएको भन्ने कुरा महासंघले अनर्गल प्रचार गरेको आरोप लगाउँदै उक्त विषयलाई प्रमाणित गर्न विज्ञप्ती मार्फत चुनौती दिएका हुन् । उनले जारी गरेको विज्ञप्तीमा कहाँ, कति बजे, कुन मिडियामा के–कसरी धम्की दिएको हो सो प्रमाणित गर्न चुनौती छ ,भनेर उल्लेख छ ।

सोमबार गृहमन्त्री लेखकलाई भेटेर धरानका पत्रकार गोपाल दाहाललाई समाचार लेखेकै कारण गालीगलौज गर्ने, धम्की दिने र थप समाचार लेख्नै नदिने हर्कत भएको भन्दै यस्तो गतिविधि गर्नेमाथि कारबाही गर्न माग गरेको थियो। गत मंसीर १४ मा हिमालखबरमा हर्क साम्पाङको मनमौजी शासन, बेथितिको दलदलमा धरान शीर्षकमा खोजमूलक समाचार प्रकाशन भएको थियो।

समाचारको विषयलाई लिएर मेयर साम्पाङले समाचार लेख्ने पत्रकार दाहाल र सामाजिक सञ्जालमा शेयर गर्ने नेपाल पत्रकार महासंघ, सुनसरीका तत्कालिन अध्यक्ष जनकऋषि राईलाई मंसीर १९ मा आफ्नो फेसबूक पेजमा ‘चोर–फटाहा’ भनेर गालीगलौज गर्दै खोज पत्रकारिता सिध्याइदिने र नेपालमा शिर ठाडो पारेर हिंड्न नसक्ने बनाइदिने धम्की दिएका थिए।

उनले लेखेका थिए,‘भोलिको १० बजेको पत्रकार भेटमा मलाई आरोप लाउने त्यो खोज पत्रकारिता गर्ने पत्रकार पनि आउनुहोला! नत्र तँ मूलाको यस्तो बेइज्जत गर्छु कि शिर ठाडो पारेर हिँड्न सक्दैनस् नेपालमा! जनकऋषि भन्ने पनि आउनू! निक्कै फुरफुर गरिस् तिमेरूले, ऐना हेर्दा थुक्ने बनाइनछु भने मेरो नाम हर्क साम्पाङ होइन!’

सोही दिन उनले अर्को पनि धम्कीपूर्ण स्टेटस लेखेका थिए, ‘खोज पत्रकारिता केन्द्रका गोपाल दाहाल या कोही प्रतिनिधि भोलि १० बजे तुरुन्तै धरान–१८ को ग्रिन टीमा हाजिर हुन्। अन्यथा तेरो खोज पत्रकारिताको अन्त्य गरिनछु भने मेरो नाम हर्क साम्पाङ होइन! बुझिस् चोर–फटाहा!’ सामाजिक सञ्जाल मार्फत गालीगलौज र धम्की दिएका मेयर साम्पाङले मंसीर २० मा आफू समर्थक यूट्यूबरहरू भेला गरेर पत्रकार दाहाल र राईलाई त्यसरी नै गालीगलौज गरेका थिए।

आफूले गाली गरेको भिडिओ खिच्न लगाएर फेसबूक, यूट्यूब र टिकटक जस्ता सञ्जालमा उनी आफैंले शेयर गरेका थिए।

मेयर साम्पाङले नामै तोकेर गालीगलौज र धम्की दिएपछि उनका समर्थकले फेसबूक, मेसेन्जर, ह्वाट्सएप जस्ता माध्यम मार्फत ज्यान मार्नेसम्मका धम्की दिएका थिए। निरन्तरको गालीगलौज र धम्कीपछि नेपाल पत्रकार महासंघको केन्द्रीय समितिले पुस ९ मा केन्द्रीय सदस्य कमल रिमालको संयोजकत्वमा अर्का केन्द्रीय सदस्य शंकर खरेल, वरिष्ठ पत्रकार हर्ष सुब्बा, महासंघ कोशी प्रदेश समिति अध्यक्ष भरत खड्का र महासंघ सुनसरी अध्यक्ष सन्तोष काफ्ले सदस्य रहेको मिडिया मिशन खटाएको थियो।

मिशनको टोलीले मेयर साम्पाङले गालीगलौज र धम्की दिएका पत्रकारहरू, कर्मचारी, स्थानीय प्रहरी, प्रशासन, राजनीतिक दल लगायत विभिन्न पक्षलाई भेटेर प्रतिवेदन तयार पारेको थियो।

प्रतिवेदनले मेयर साम्पाङ र उनका समर्थकले पत्रकारलाई गालीगलौज र धम्की दिएको उल्लेख गर्दै प्रतिवेदनको निष्कर्ष सार्वजनिक गरेको थियो। धम्कीका विषयमा प्रहरी प्रशासनमा उजुरी गर्दा समेत कारबाही नभएपछि महासंघको टोलीले सोमबार गृहमन्त्री रमेश लेखकलाई भेटेर ध्यानाकर्षण गराएको थियो।

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved