धरानमा हिसान बास्केटवल सुरु धरान उच्च,धरान मेघा,विश्व आर्दस,शुष्मा कलेज र विष्णु स्कुल विजयी

  • माघ १५, २०८१
  • कोशीपत्र/संवाददाता
alt

बिकास चाम्लिङ राई
धरान ।धरानमा पनि मंगलबार हिसान बास्केटवल प्रतियोगिता सुरु भएको छ ।

अग्रज बास्केटवल खेलाडि एवं सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदीको प्रमुख आतिथ्यमा संपन्न उद्धघाटन खेलमा महिला तर्फ धरान उच्च माविले धरान मेघा कलेजलाई १७–१६ अंकको झिनो अन्तरले पराजित गरेको छ । अन्यन्तै प्रतिश्पर्धात्मक भएको खेलमा धरान उच्च र धरान मेघाले प्रत्येक क्वाटरमा २–५, ७–४, २–४ र ६–३ अंक जोडेका थिए ।

प्रमूख अतिथि सुवेदिले रेफ्रिलाई वल हस्तान्तरण गरेपछि खेल सुरु गरिएको थियो ।सोहि दिन भएको पुरुष तर्फको खेलमा मेघा कलेजले एम्स एकेडेमिलाई ६६–३६ अंकले पराजित गरेको छ । खेलमा मेघा कलेज र एम्स एकेडेमिले प्रत्येक क्वाटरमा १७–१६, ११–१०, २३–२ र १५–६ अंक जोडेका थिए ।

तेस्रो खेलमा सियोन स्कुलले सुस्मा गोदावरी स्कुल इटहरीलाई वाकओभर दिएपछि सुस्मालाई विजेता घोेषित गरिएको छ ।चौथो खेलमा विश्व आर्दश इटहरीले पुर्वाञ्चल कलेजलाई २४–१२ अंकले पराजित गरे । विश्व आर्दश र पुर्वाञ्चलले प्रत्येक क्वाटरमा ८–४, ६–१, १०–२ र ०–५ अंक जोडेका थिए । पाचौ खेलमा विष्णु स्कुलले नास्ट कलेजलाई २२–१९ अंकले पराजित गरे । विष्णु र नास्टले खेलको प्रत्येक क्वाटरमा ५–५, ३–४, ७–० र ६–१० अंक जोडेका थिए ।

प्रतियोगिता व्यवस्थापन तथा प्राविधिक सहयोग सुनसरी बास्केटवल संघ र धरान वास्केटवल संघले गरेको छ । हिसान सुनसरीका अध्यक्ष सागर भट्टराईको सभाध्यक्षमा संपन्न उद्धघाटन कार्यक्रममा नेपाल बास्केटवल संघका केन्द्रिय सदस्य रोशन राई, एम्स एकेडेमिक प्रिन्सिपल सन्तोष कोइराला लगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगिामा महिला तर्फ ३ र पुरुष तर्फ १० टिमले सहभागिता जनाएको छ ।वुधवारको खेल महिला तर्फ धरान उच्च र नास्ट केलज र पुरुष तर्फ धरान मेघा र धरान आर्दश र शुष्मा कलेज र धरान उच्च विच प्रतिश्पर्धा हुनेछ ।

 

सुनसरी उवासंघको चुना ...

धरान/ आगामी असार ३० गते हुने सुनसरी उद्योग वाणिज्य ...

धरान उपमहानगर बजेट ल ...

धरान/ स्थानीय पालिकाहरुले नयाँ आर्थिक बर्षको लागि ...

विजयपुर हस्पिटलमा ७१ ...

धरान/ धरान-१० स्थित विजयपुर हस्पिटलमा घुँडाको सघन ...

मनमोहनका विद्यार्थील ...

विराटनगर/ कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved