धरान/ धरानमा ‘मिस्टर कोशी’ खुल्ला बडि बिल्डिङ प्रतियोगिता हुने भएको छ ।
एलाइनेट जिमको आयोजनामा चैत्र २२ र २३ गते हुने धरानमा पत्रकार सम्मेलन गरि जानकारी दिइएको छ ।
जिमका अध्यक्ष विक्रम लिम्बूका अनुसार उक्त प्रतियोगितामा ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी र ७५ केजी गरी कुल पाँच तौल समूहका करिब ५० जना बडि बिल्डरहरुबिच प्रतिस्पर्धा गराईने भएको छ ।
प्रत्येक तौल समूहका विजेताले उपाधिका लागि फाइनल चरणमा प्रतिस्पर्धा प्रदर्शन गरिने पनि अध्यक्ष लिम्वुको भनाई छ ।
उनका अनुसार फाइनल चरणका विजेतालाई छैटौँ ‘मिस्टर कोशी’ उपाधि विजेता घोषित गरिने भने विजेताले नगद १ लाख २५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
दोस्रो हुनेले नगद ५० हजार, तेस्रोले नगद ४० हजार, चौथोले नगद ३० हजार र पाँचौले नगद २० हजार रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताका विधागत पुरस्कार वेस्ट पोजर, मोस्ट इम्प्रुभमेन्ट र मस्कुलर म्यान उपाधि विजेताले नगद ५ हजार ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ ।
प्रतियोगिता धरान–१३ अमरहाट स्थित अमर सेवा समाजको सामुदायिक भवनमा हुने बताइएको छ ।
गतः वर्षका विजेता पाँचौँ मिस्टर कोशीको उपाधि भिजन फिटनेस धरानका विनोद कुमार नेपालीले चुमेका छन ।