धरान/ बुवाको नाममा अक्षयकोष स्थापना गरिएको छ ।
बिहीबार धरान १५ का युवराज शंकर र मिलन शंकरले आफ्ना स्वर्गीय बुवा सुरज शंकर (सुय) को वार्षिक पुन्य तिथिका अवसरमा ५१ हजार रुपैयाँ अक्षयकोष विश्वकर्मा कल्याण सेवा समितिमा स्थापना गरेका हुन् ।
नेपाली काङ्ग्रेस प्रदेश सभा क्षेत्रीय समिति सुनसरी १ (क) का सचिव युवराज शंकरले आगामि दिनमा पनि अक्षयकोष थप गर्दै जाने जानकारी दिए ।
मिलन शंकरका अनुसार यसअघि ५ हजार १ सय रुपैयाँ अक्षयकोष राखिएकोमा वार्षिक पुन्य तिथीका अवसरमा ४५ हजार रुपैयाँ ९ सय थप गरी ५१ हजार पुर्याइएको हो ।